

माओवादी केन्द्र कपिलवस्तु ३ (क) बाट एहसान अहमद खानको नाम सिफारिस



कृष्णनगर । नेकपा माओवादी केन्द्रले कपिलवस्तु क्षेत्र ३ का लागि उम्मेदवार सिफारिस गरेको छ ।
शुक्रवार चन्द्रौटामा बसेको वैठकले मंसिर ४ गते हुने संघ र प्रदेशको लागि प्रत्येक्ष तथा समानुपातिकको लागि उम्मेदवार सिफारिस गरिएको छ ।
कपिलवस्तु क्षेत्र न ३ संघिय सांसदमा मौलाना मशहुद खां नेपालीको एकल नाम सिफारिस भएको छ भने संघमा समानुपातिक तर्फ वाट चिन्ता परियारको नाम सिफारिस भएको छ । वैठकले दुवैजनाको नाम एकल नाम सिफारिस भएको हो ।
लामो समयदेखि सामाजिक क्षेत्रमा कृयशिल मौलाना मशहुद खां नेपाली कृष्णनगरका लोकप्रिय नेताको रुपमा चिनिन्छन। समाजमा हरेक काममा अग्रसर भएर लाग्ने मौलानाले क्षेत्रको मुहार परिवर्तनको लागि उम्मेदवार बन्न तयार रहेको बताए ।
त्यस्तै समानुपातिकमा सिफारिस चिन्ता परियार पत्रकारिता क्षेत्रमा आवद्ध छन् । लामो समय देखि पत्रकारीता गर्दै आएका परियारलाई पार्टीले अवसर दिएमा क्षेत्रको विकास र नागरिकहरुको जिवन परिवर्तन हुने गरि काम गर्ने प्रतिवद्धता जनाए ।
क्षेत्र न ३ (क)का लागि प्रत्यक्ष तर्फ एहसान अहमद खान,राजेन्द्र आचार्य र रमेश चन्द्र चौधरीको नाम सिफारिस भएको छ । प्रदेश समानुपातिकमा उमा विक, गगन कामी, सिता बुढाथोकि, कुमारी कुसुम चौधरी, जयप्रकाश कहार, टिका पुन मगरको नाम सिफारिस भएको छ ।
क्षेत्र न ३ (ख)का लागि प्रत्यक्ष तर्फ चुर बहादुर खड्का,अर्जुन सापकोटा र केशर वलीको नाम सिफारिस भएको छ । प्रदेश समानुपातिकमा सवनम खातुन गितादेवि सुनार र मैयान खानको नाम समानुपातिकमा सिफारिश भएको छ ।


खबर सबै
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने






प्रतिक्रिया