

माओवादी केन्द्र अर्घाखाँचीबाट पनि चक्रपाणी खनाल उम्मेद्धार सिफारिस





अर्घाखाँची — नेकपा (माओवादी केन्द्र)ले मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि केन्द्रीय सचिवहरु चन्द्रपाणी खनाल र डिलाराम आचार्यलाई उम्मेदवार सिफारिस गरेको छ । प्रतिनिधिसभा समानुपातिकमा जिल्ला इन्चार्ज सुशीला श्रीपाली सिफारिस भएकी छन् ।
अर्घाखाँचीबाट खनाल र आचार्यसँगै जाकिर हुसेनको नाम पनि सिफारिस भएको छ ।
अर्घाखाँची ढाकावाङ जन्मिएका खनाल कपिलवस्तुबाट राजनीति गर्दै आएका छन् । कपिलवस्तु निर्वाचन क्षेत्र १ बाट पनि संघीय सांसदका लागि उम्मेदवार सिफारिस भएका छन् । उनी पुर्व मन्त्री समेत हुन ।
यसैबिच यता कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ बाट समेत उनको सिफारिस भएको छ । २०७४ सालको निर्वाचनमा यसै क्षेत्रबाट विजयी भएका खनाल २०७० मा भने यही क्षेत्रमा पराजित भएका थिए । २०७४ सालमा नेकपा एमालेसँगको वामगठबन्धनबाट विजयी भएका उनले यस पटक कपिलवस्तु क्षेत्र नम्बर १ मा गठबन्धनबाट टिकट पाउने सम्भावना बलियो छ । यदी गठबन्धनमा भागबन्डाका क्रममा माओवादी केन्द्रले यहाँ पाउने सम्भावना कमजोर बनेको खण्डमा उनले एउटा मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा पनि ठाउँ सुरक्षित गरेका हुन् ।
यस अघिका निर्वाचनमा अर्घाखाँचीबाट नेता टोपबहादुर रायमाझी चुनाव लड्दै आएका थिए । हाल उनी नेकपा एमालेका सचिव भइ एमाले बाटै अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्यका लागि सिफारिस भएका छन्। लामो समय निर्वाचनमा जित हात पारिरहेका रायमाझी यसपटक एमालेमा गएका कारण नेता खनाल कपिलवस्तुमा नपाए अर्घाखाँचीबाट भए पनि संसदमा पुग्ने उद्देश्य सहित दुई जिल्लाबाटै सिफारिसमा परेका हुन् ।


खबर सबै
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख











प्रतिक्रिया