घरमै सामाजिक सुरक्षा भत्ताको रकम पाउँदा जेष्यठ नागरिक खुसी

बाबुराम रायमाझी ,भलवड ।  क्पिलवस्तुको बाणगंगा नगरपालिका स्थित वडा नम्बर ९ भलवाडका जेष्ठ नागरिकहरु घरमै सामाजिक सुरक्षा भत्ताको रकम पाउँदा खुसी भएका छन् ।

बृद्धा अवस्थामा बैँक कार्यालय सम्म धाउन पनि नसक्ने अवस्थामा पुगेका त्यस्ता जेष्ठ नागरिकहरुलाई वडा कार्यालय र बैँक शाखाले घरमै पुगेर मंगलबार सामाजिक सुरक्षा भत्ता बापतको रकम हस्तान्त्रण गरेका हुन ।

एन एमबी बैँक कपिलवस्तु स्थित बनगाइ शाखाका प्रमुख लाल बहादुर भण्डारी र वडा अध्यक्ष कमल पौडेलले भलवाडमा रहेका अति अशक्त बृद्धअबस्थाका १७ जना जेष्ठ नागरिकलाई उनीहरुको घरमै पुगेर सामाजिक सुरक्षा भत्ताको रकाम वितरण गर्नुभएको हो । घरमै भत्ता पाउँदा जेष्ठ नागरिकहरुको मुद्रामा खुशी देखिन्थ्यो ।

वडा कार्यालयले अब देखि त्यस्ता अशक्त व्यक्तिहरुलाई बैँक सम्म धाउनुपर्ने बाध्यता अन्त्य गरी उनीहरुलाई घरमै भत्ता वापतको रकम उपलक्ध गराउने वडा अध्यक्ष पौडेलले बताउनुभएको छ । वडा नम्बर ९ का जेष्ठ नागरिकहरुको सामाजिक सुरक्षा भत्ता एन एमबी बैँक बनगाई शाखाबाट उपलब्ध गराइदै आएको छ ।

प्रतिक्रिया

खबर सबै