

रुपन्देहीमा माओवादीले बामदेव क्षेत्री सहितका नेतालाई गर्यो उम्मेदवार सिफारिस





रुपन्देही । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र रुपन्देहीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेको छ ।
पार्टीका जिल्ला संयोजक निर्मल जीसीका अनुसार रुपन्देही क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फ बामदेव क्षेत्री, घनश्याम यादव र मक्सुद अलीलाई उम्मेदवार सिफारिस गरिएको छ । प्रदेशसभातर्फ १ को क बाट लेखनाथ न्यौपाने, दिपा विक र गोविन्द पंगेनी तथा ९ख०बाट बामदेव क्षेत्री, महदेव बस्नेत र विजय यादव सिफारिस भएका छन् ।
रुपन्देही क्षेत्र नम्बर २ मा प्रतिनिधिसभातर्फ विनोद पहाडीलाई सिफारिस गरिएको छ । प्रदेशसभातर्फ २ को क मा बामदेव क्षेत्री, नारायण जीसी, र गोविन्द केसी तथा ९ख०बाट युवराज ढकाल, हुमनाथ न्यौपाने र बेलप्रसाद शर्माको नाम परेको छ ।
क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभातर्फ हकिकुल्ला खां सिफारिसमा परेका छन् । प्रदेशसभातर्फ ३ को ९क०बाट मक्सुद अली, तीरबहादुर रोका र रियज अहमद तथा ९ख०बाट सोनिया यादव र धनबहादुर गुरुङ उम्मेदवार सिफारिस भएका छन् ।
क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभातर्फ मोहम्मद वकिल मुसलमान सिफारिसमा परेका छन् । प्रदेशसभातर्फ ५ को क मा नारायण जीसी निर्मल, भोलानाथ बस्याल र दिपिका शर्मा तथा ख बाट विक्रम यादव, महेन्द्रकुमार यादव र रामगुलाम यादव सिफारिस भएका छन् ।
रुपन्देहीमा प्रतिनिधिसभातर्फ पाँच वटा निर्वाचन क्षेत्र छन् । क्षेत्र नं ४ को भने उम्मेदवार सिफारिस भइ नसकेको जिल्ला संयोजक जीसीले बताए । नेताहरुका अनुसार प्रतिनिधिसभातर्फ गठबन्धन दलमध्येबाट रुपन्देहीको क्षेत्र नम्बर १ वा २ मा माओवादीले कोटा पाउने सम्भावना छ ।


खबर सबै
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख











प्रतिक्रिया