भगवती न्यौपाने , कपिलवस्तु
मेची महाकाली बुहारी संयुक्त आवाज शाखा कपिलवस्तुले तेस्रो वार्षिक उत्सवको अवसरमा जिल्लाको वाणगंगा नगरपालिका १ राजपुरका ब्लड क्यान्सर भएका अभिषेक बडैलाई आर्थिक सहयोग गरेको छ । महिला तथा बालबालिकाको हिंसा विरुद्धको हाम्रो अभियान भन्ने मुल नारालाई आत्मसात गरेको मेचीमहाकाली बुहारी संयुक्त आवाज कपिलवस्तुले आईतवार आफनो स्थापना दिवसको अवसर पारेर आर्थिक सहयोग गरेको हो ।
१२ वर्षका अभिषेकलाई विगत ५,६ वर्ष देखि ब्लड क्यान्सर भएको छ । प्रत्येक महिनामा उनको शरिरमा रगत फेर्नु पर्ने हुन्छ । रगत फेर्न समयमा सकिएन भने शरिमा पानी जम्मा भएर शरिर सुनिन्छ । एकपटकमा उनको उपचारको लागि १० हजार सम्म लाग्छ । यता अभिषेकको १० वर्षकी बहिनी खुस्बु बडैलाई पनि विगत १ वर्ष देखि क्यान्सर देखिएको छ । अभिषेकको बुवा करिव ३ बर्ष अद्दि छतबाट खसेर शरिको हाड भाचिएको छ । उनके आमा अस्पतालमा सरसरफाईको काम गर्नु हुन्छ । उनीहरु सामान्य घरमा भाडामा बस्दै आएका छन् ।

मेचीमहाकाली बुहारी संयुक्त आवाजका जिल्ला संयोजक चन्द्रा अर्याल र सह संयोजक दिना सुवेदी कमालले महिला तथा बालबालीकाको सेवामा मात्रै नलागेर समाजमा हुने हिंसा न्यूनीकरण तथा गरिव दुखिको पिडामा मलम लगाउने अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्दै आइरहेको बताउनुभयो । यस्तै उहाँले यो आवाजले दुखी, गरिब, अपांग, असहायहरुको आवाजको आवाज बोल्ने स्पष्ट पार्नुभयो । सचिव अन्जु अधिकारीले सञ्चालन गरेको कार्यक्रममा संस्थाको उपाध्यक्ष सुष्मा खाण , कोषाध्यक्ष निर्मला न्यौपाने भुषाल लगायत संस्थाका सदस्यहरुको र उपस्थिति रहेको प्रेस सल्लाकार भगवती न्यौपानेले जानकारी दिनु भयो ।
महिला तथा बालबालिका हिंसा विरुद्धको अभियानको रुपमा स्थापना भएको सस्थांले सामाजिक क्षेत्रमा कार्य गरिरहेको छ । साथै मेची महाकाली बुहारी संयुक्त आवाजका संस्थापक केन्द्रिय अध्यक्षको पनि आईतवार जन्म दिन परेको हुर्दा कपिलवस्तु शाखाले यहिबाट शुभकामना दिएको छ । बिगतका दिनमा आवाजले दुखी गरीबको परिवारमा घाउमा मलम लगाउदै आएको र आगामी दिनमा पनि हरपल तत्पर रहने बताएको छ ।
प्रतिक्रिया