

जसपा कपिलवस्तु ३ बाट अशोक यादवको नाम सिफारिश





कपिलवस्तु । जनता समाजवादी पार्टीको कपिलवस्तु जिल्ला संसदीय निर्वाचन क्षेत्र नं. ३ को क्षेत्रीय समिति भेलाले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ पार्टीका प्रदेश अध्यक्ष अशोक कुमार यादवलाई सर्वसम्मत उम्मेदवार चयन गरेको छ । पार्टीको शुक्रबार चन्द्रौटामा सम्पन्न भेलाले सो निणर्य गरेको हो ।
जसपाले प्रदेशसभा ३ (क) का लागि प्रत्यक्षतर्फ जगदम्बा प्रसाद चौधरी कुर्मी, सत्तीस चन्द्र गुप्ता, प्रमिला चौधरी एवं मिनहज आलम खाँलाई सिफारिस गरेको छ भने प्रदेशसभा ३ (ख) का लागि शिवपुजन यादव, आरती सिंह यादव, अस्लम खान एवं अब्दुल नबाब साहको नाम सिफारिस गरेको छ । त्यसैगरी समानुपातिक तर्फ प्रतिनिधिसभाका लागि रामचरन प्रसाद यादव, तजरुम मेहताब खाँ, सन्तराम तेली, रेखा श्रीवास्तव एवं अब्दुल रहिम खानलाई सिफारिस गरेको छ ।
समानुपातिक तर्फ नै प्रदेश सभाका लागि पुनम चौधरी, प्रभु यादव, खुर्सीद आलम खाँ, राम किसुन यादव, जगमोहन बरई, साहिदा खातून, चिन्कनी थारुको नाम सिफारिस गरेको छ ।
त्यसैगरी बैठकले आगामी असोज २ गते निर्वाचन क्षेत्रस्तरीय पार्टी प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निणर्य गरेको क्षेत्रीय अध्यक्ष जगदम्बा प्रसाद चौधरीले जानकारी दिए ।


खबर सबै
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख











प्रतिक्रिया