

जब पर्यटनमन्त्री श्रेष्ठलाई लाइनमा बस्न आग्रह गरियो, पक्राउ परे सुरक्षागार्ड




बहालवाला मन्त्रीलाई लाइनमा बस्न आग्रह गरेका सुरक्षागार्ड पक्राउ परेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्न आग्रह गर्दा एकजना सुरक्षा गार्ड पक्राउ परेका हुन् ।
व्यक्तिगत कामको सिलसिलामा ठमेलस्थित छायाँ सेन्टर पुगेका मन्त्रीलाई लाइनमा बस्ने भनेपछि सुरक्षागार्ड शेरजंग गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । मन्त्रीलाई अभद्र व्यवहारु गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख भरतबहादुर बोहोराले बताए ।
क्यानडाको भिसाका लागि बायोमेट्रिक विवरण दिन छायाँ सेन्टर पुगेका मन्त्री श्रेष्ठलाई सुरक्षागार्ड गुरुङले अगाडि थुप्रै सेवाग्राही रहेको भन्दै लाइनमा भनेका थिए । मन्त्रीको साथमै रहेका अंगरक्षकले ‘उहाँ मन्त्रीज्यु हुनुहुन्छु भन्दा पनि उनले पुनः मन्त्री श्रेष्ठलाई लाइनमा बसेर आउन आग्रह गरेपछि विवाद भएको थियो ।
मन्त्री श्रेष्ठले काम सकेर फर्किएपछि पर्यटन मन्त्रालयले छायाँ सेन्टरमा सुरक्षागार्डबाट दुर्व्यवहार भएको भन्दै कारबाहीका पत्र लेखेपछि प्रहरीले सुरक्षागार्ड गुरुङलाई पक्राउ गरेको हो । उनीमाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा म्याद थप गरेर प्रहरी वृत्त दरबारमार्गले अनुसन्धान गरिरहेको बोहोराले बताए ।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया