काठमाडौं महानगर प्रमुख बालेन शाहका १०० दिन : ६ वटा यी सम्झिन लायक कामको चर्चा

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मेयर पद सम्हालेको १०० दिन पुरा भएको छ । सो अवसरमा मेयर शाहले आज बिहान आफ्नो फेसबुक पेजमार्फत १०० दिन कस्तो रह्यो भन्ने बारेमा आफैले मूल्यांकन गर्नेभन्दा आममानिसहरुले कसरी हेरिरहेका छन् भन्ने बढी अर्थपूर्ण हुने जनाएका छन् । यस्तै, उनले १०० दिनको दौडमा नभई आफुसँग ५ वर्षको योजना रहेकोले आफूहरुप्रतिको विश्वास र समर्थनलाई निराश नबनाउने प्रतिबद्धता पनि जनाएका छन् । सोही सन्दर्भमा उनले मनमा छोएका ६ वटा सम्झिन जायज कामको चर्चा गरेका छन् ।

जुन के–के छन् हेरौं, उनको फेसबुक पोष्ट ।

BALEN (Click Here)

सन्दर्भ कार्यकाल १०० दिन पुगेको बारेमा हो ।

हाम्रो १०० दिन कस्तो रह्यो भन्ने बारेमा हामी आफैले मुल्यांकन गर्ने भन्दा पनि आममानिसहरुले कसरी हेर्नु भयो भन्ने बढि अर्थपुर्ण हुन्छ । हामीले आफ्नो कार्यक्षेत्र, कर्तव्य र अधिकारले दिनेसम्म सचेत रहेर काम गर्यौँ, त्यसले आममानिसहरुमा कस्तो सन्देश दियो भन्ने कुराले हामीलाई फरक पार्छ । मानिसहरुमा सकारात्मक उर्जा प्राप्त भयो, परिवर्तनको महसुस भयो भने मात्रै हाम्रो कामले नतिजा दिएको हुन्छ । अन्यथा, हामीले यतिका कामहरु गर्यौँ भनेर सूचि बना See more (Facebook)

प्रतिक्रिया

खबर सबै