

एमाले कपिलवस्तुमा क्षेत्र नं १ मा चार नेताको नाम सिफारिश





कपिलवस्तु । नेकपा एमाले प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटि १ को शनिबार बसेको बैठकले प्रनितिधि सभा सदस्य उम्मेद्धारका लागि तीन नेताहरुको नाम शिफारिस गरेको छ । वैठकले प्रतिनिधि सभा १ का लागि केन्द्रीय सदस्य एवं कपिलवस्तु इन्चार्ज बलराम अधिकारी , जिल्ला उपाध्यक्ष विश्राम थारु , पुर्व मन्त्री दान वहादुर चौधरी र सुर्य कुमारी शाहिको नाम सिफारिस गरेको छ ।
त्यस्तै गरि प्रदेश क्षेत्र १ को क मा केन्द्रीय सदस्य गिरधारीलाल न्यौपाने , लेखा आयोग उपाध्यक्ष विष्णु पन्थि ,पाटी जिल्ला अध्यक्ष डम्मर शर्मा , प्रताप गिरी र सिता न्यौपानेको नाम उम्मेदवारका लागि सिफारिस गरेको छ । प्रदेश क्षेत्र १ को ख का लागि भने गृह कार्य नपुगेको भन्दै आगामी २० गते वैठक बसी सिफारिस गर्ने निर्णय गरेको छ । उक्त वैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य , लुम्बिनी प्रदेश सहइन्चार्ज गिरधारीलाल न्यापानेले मंशिर ४ गते एकै पटक हुने प्रदेश र संघिय निर्वाचनमा लाग्न पाटी योजनावद्ध तवरले अगाडि बढेको बताउनु भयो ।
उम्मेदवार छनौटमा कुनै प्रकारको विवाद नआउने गरि पपुलर नेतालाई उमेदवारका रुपमा अगाडि बढाउने पाटीको निति रहेको उहाँले बताउनु भयो । कार्यक्रममा बोल्दै पाटीका केन्द्रीय सदस्य , लुम्बिनी प्रदेश सहइन्चार्ज वृजेस कुमार गुप्ताले अबको निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउने बताउनु भयो ।बिबादरहित उम्मेदवार छनौट गरि निर्वाचनमा जित सुनिश्चित हुने गरि सबै कार्यकर्ताहरु एक ढिक्का भएर अगाडि बढ्नु पर्ने उहाँले धारणा राख्नु भयो । वैठकमा एमालेका जिल्ला अध्यक्ष डम्मर शर्माले बोल्दै जिल्लाबाट केन्द्रमा पठाउने बेला सम्म एक रएक जनाको नाम सर्वसम्मत रुपमा पठाउन कोशिस गर्न आग्रह गर्दै विश्राम चौधरी , विश्व कार्की , भेषराज पाण्डे , विनोद चौधरी , शान्ता पाण्डे , सर्वेन्द्रदेव खनाल लगायत ९ जनाको कार्यदल घोषणा गर्नु भएको छ ।
सो कार्यदलले सर्वसम्मत रुपमा नाम सिफारिस गर्न गृह कार्य गर्ने छ । निर्वाचन क्षेत्र नं १ समन्वय कमिटिका संयोजक विश्राम थारुको अध्यक्षता , प्रदेश क्षेत्र नं क का संयोजक भेषराज पाण्डेको सञ्चालन ,प्रदेश क्षेत्र १ ख का संयोजक विष्णु गौतमको स्वागत मन्तव्य विच भएको संयुक्त वैठकमा क्षेत्रिय सहसंयोजक विश्व कार्कीले उमेदवारको नामावली संकलनमा सहजिकरण गर्नु भएको थियो । वैठकमा कमिटिका १ सय ३८ जना पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो । वैठकमा एमालेका केन्द्रीय तथा प्रदेश कमिटिका सबै नेताहरुको उपस्थिती रहेको पाटी प्रचार तथा प्रकाशन विभागका उप प्रमुख पार्वती पाण्डेले जानकारी दिनु भएको छ ।


खबर सबै
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख











प्रतिक्रिया