

एमाले कपिलवस्तुले सकेन क्षेत्र नं. १ मा उम्मेद्धार सिफारिश गर्न, ९ सदस्यीय समिति गठन





कपिलवस्तु । नेकपा एमाले कपिलवस्तुले आगामी मंसिर ४ को संघ र प्रदेशसभा तर्फका उम्मेद्धार सिफारिश गर्न भन्दै आज बसको बैठकले उम्मेद्धारको नाम शिफारिस नगरी टुङ्गिएको छ ।
कपिलवस्तु निर्वाचन प्रदेश सभा क्षेत्र नम्बर १ का दुबै निर्वाचन क्षेत्र र प्रतिनिधि सभा सदस्य पदका लागि समेत उम्मेद्धार सिफारिश गर्न भन्दै बसेको बैठकले आकांक्षिहरु धेरै देखिएपछि एक समिति गठन गरेको एमाले नेता विश्राम प्रसाद चौधरीले बताउनुभएको छ ।
नेकपा एमाले प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटीको अयोजनामा बसेको बैठकले उम्मेद्धारको नाम सिफारिस गर्ने जिम्मा पनि विश्राम प्रसाद चौधरी संयोजक रहेको ९ सदस्यीय समितिलाई नै दिएको छ । संयोजक चौधरीका अनुसार प्रदेश सभा सदस्य पदका लागि क्षेत्र नम्बर १ क र ख दुबै क्षेत्रमा आकांक्षिहरु मध्येबाट अब समितिले भदौ २१ गते भित्र जिल्ला कमिटि बैटकमा पेश गर्ने जिम्मा पाएको छ । नेताहरुका बिचमा छलफल धेरै भए पनि उम्मेद्धार शिपारिस गर्ने विषयमा भने टुङ्गोमा पुग्न नसकेपछि ९ सदस्यीय समिति गठन गरिएको चौधरीले बताउनुभयो ।
भदौ २१ गते दिउसो बस्ने जिल्ला कमिटि बैठक अगावै यो समितिले उम्मेद्धारको नामावली शिफारिस गर्ने छ । नेकपा एमाले भित्र कपिलवस्तुमा उम्मेद्धारका आकांक्षि धेरै देखिएका छन् । त्यस मध्ये नेता विष्णु पन्थी, बलराम अधिकारी र दानबहादुर चौधरीको चर्चा प्रतिनिधि सभामा बढि छ भने प्रदेश सभामा पनि नेताहरु झण्डै आधा दर्जन देखिएको बताइएको छ ।


खबर सबै
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख











प्रतिक्रिया