

शुद्धोधन गाउँपालिकाले दियो अपांगता भएका १० जनालाई स्कुटी





कपिलवस्तु । कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकाले १० वटा अपाङ्ग मैत्री स्कुटी वितरण गरेको छ । अपाङ्गताका कारण हिँडडुल गर्न नसक्दा कष्टकर जीवन बिताईरहेकालाई सो स्कुटी प्रदान गरिएको हो।
शुद्धोधन गाउँपालिका कपिलवस्तु अध्यक्ष कमलेश शरण चौधरी र उपाध्यक्ष होम प्रकाश चौधर द्वारा १० जना अपाङ्गता भएका व्यक्तिहरुलाई स्कूटी वितरण गरिएको हो ।
आर्थिक वर्ष ०७८/०७९ को स्कुटी वितरण कार्यक्रम भए तापनि स्थानीय निर्वाचनको कारण समयमा खरिद प्रकृया पूरा गरी वितरण हुन नसकेको ले यी स्कूटीहरु अपाङ्गहरुलाई वितरण गरिएको हो र स्कुटी पाए पछि अपाङ्गता भएका खुसी र हर्षित भएका छन् ।
कार्यक्रममा शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीले सम्पूर्ण अपाङ्गता भएका व्यक्तिहरुलाई स्कूटी सावधानीका साथ आफू मात्र प्रयोग गर्न आग्रह गर्दै यदि स्कूटी को दुरुपयोग गरेको पाइएमा कानून अनुसार कारवाही गरी उक्त स्कुटी फिर्ता गराइने बताउनुभयो ।
गाउँपालिका प्रमुख कमलेश शरण चौधरी, उप प्रमुख होमप्रकाश चौधरी, प्रमुख प्रशासकीय अधिकृत ऋषिराम पन्थीले स्कुटर चावी हस्तान्तरण गरेका थिए। स्कुटर यामहा कम्पनीको १ सय १३ सिसिको रहेको छ अध्यक्ष चौधरीले बताउनुभयो ।
सानै उमेरमा पोलियोका कारण खुट्टामा समस्या आएर हिँडडुल गर्न नसकेका पालिकाको प्राथमिकताका आधारमा छनौट गरी १० जनालाई स्कुटर प्रदान गरिएको प्रमुख चौधरीले जानकारी दिनुभयो ।
‘घिस्रिएर हिँडन पर्दा घरमै सीमत भएका व्यक्तिहरुको दैनिक जीवनको सहजताका लागि हामीले उनीहरुलाई स्कुटी दिएका हौ’ उहाँले भन्नुभयो । स्कुटी पाएर दुःखी जीवन बिताईरहेको उनीहरुको खुसीको लहर आउने उहाँले बताउनुभयो । ‘स्कुटीले उनीहरुलाई आउजाउ गर्न मात्र होइन अब आफैँलै केही गररे जीवन गुजारा समेत गर्न सक्छन्’ उहाँले भन्नुभयो ।
पालिका उप प्रमुख चौधरीले अपांगता भएका व्यक्तिहरुको दुःखी जीवन देखेर नै पालिकाले उनीहरुलाई स्कुटी दिएको बताउनुभयो । स्कुटर पाएर अपांगता भएका व्यक्तिहरु खुसी भएका छन्। उनीहरुले दुःखी जीवनमा स्कुटीले खुसी दिएको बताउनुभयो ।
पोलियोका कारण खुट्टा नचल्ने भएपछि समस्यामा परेका पालिका ३ लबनी का कलमुद्दिन डफालीले अब आफूले पनि केही व्यापार गरेर घरलाई सहयोग गर्ने बताउनुभयो ।


खबर सबै
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख











प्रतिक्रिया