

कुलमान र प्रचण्डद्वारा विजुलीको तार भूमिगत गर्ने परियोजनाको शिलान्यास



चितवन
पोखरादेखि भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाको वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल’प्रचण्ड’ र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शिलान्यास गरेका छन्।
शनिबार एक कार्यक्रमबीच भरतपुर ओरालोमा विजुलीका तार भूमिगत गर्ने परियोजनाको उनीहरुले शिलान्यास गरेका हुन्।
प्रचण्ड र घिसिङले गैँचीले खनेर शिलान्यास गरेका हुन्। उक्त आयोजना अन्तर्गत पोखरा महानगरपालिका र भरतपुर महानगरपालिका अन्तर्गतका मूख्य सडकहरू विजुलीका तार भूमिगत गरिने विद्युत् प्राधिकरणले जनाएको छ। शिलान्यास कार्यक्रमपछि बोल्दै प्रचण्डले भरतपुरबाट देशभर विकास र समृद्धिको सन्देश दिने आफ्नो संकल्प रहेको बताए।
करिब तीन अर्बको लागतमा बन्ने उक्त आयोजनामा नेपाल सरकार र विद्युत् प्राधिकरणको संयुक्त लगानी तथा एसियाली विकास बैंकको ऋण सहयोग रहेको छ। पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना २०२४ जनवरी १९ मा सम्पन्न गरिसक्नुपर्ने आयोजना निर्माणको जिम्मा श्री टाटा प्रोजेक्ट्स भारतले पाएको छ। उक्त आयोजनाको सम्झौता २०२२ जनवरी २० तारिखमा भएको थियो।
शिलान्यास कार्यक्रममा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र बागमती प्रदेशका यातायात मन्त्री घनश्याम दाहाल सहभागी थिए।


खबर सबै
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने






प्रतिक्रिया