

संघीय सरकारले साँघुरो मन गर्दा…





सहयोग हुँदा कतिसम्म खुम्चिनपर्छ’ भन्ने ज्वलन्त उदाहरण बनेको छ, बाग्मती प्रदेश। प्रदेश सरकार स्थापना भएको पाँच वर्ष बित्नै लागिसक्यो । तर, संरचना अझै बन्न सकेको छैन । जग्गा विषय टुङ्गो लगाउन नसक्दा प्रदेश कार्यालय झ्याल झ्यालमै सीमित छन्। प्रदेश सरकारले हरेक वर्ष मन्त्रालय र मन्त्रीका लागि आवास निर्माण गर्न बजेट छुट्याउँछ । तर, जग्गामै अन्तिम निर्णय हुन नसक्दा फिल्डसम्म काम पुग्न पाएको छैन ।
बाग्मती प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, विभिन्न मन्त्रालय, मन्त्री र सचिवका लागि आवास निर्माण गर्ने भनेर वषैपिच्छे बजेट छुट्याइन्छ । चालू आर्थिक वर्षमा पनि मुख्यमन्त्री कार्यालय, मन्त्रालय, मन्त्री र सचिवका लागि आवास निर्माण गर्नका लागि बजेट छुट्याइएको छ । तर, जग्गाको कुरा अझै संघीय सरकारबाट टुंगिएर आएको छैन । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन मितिसमेत तोकिएको अवस्थामा यस वर्ष पनि भवन निर्माण अघि बढ्न सम्भावना छैन । कार्यकाल सकिन करिब तीन महिना मात्र बाँकी रहेको अवस्थामा प्रदेश सरकारले अझैसम्म ‘प्रादेशिक संरचना’ निर्माण गर्ने जग्गा प्राप्त गर्न सकेको छैन। आजको राजधानी दैनिकमा समाचार छ ।


खबर सबै
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख











प्रतिक्रिया