

कक्षा १२ को नतिजा सार्वजनिक, तीन लाख ६९ हजार १८५ विद्यार्थी उत्तीर्ण





काठमाडौं । कक्षा १२ को नतिजा शुक्रबार अपराह्नमा सार्वजनिक भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका प्रशासन महाशाखा प्रमुख जङ्गबहादुर अर्यालले कक्षा १२ को नजिता सार्वजनिक भएको जानकारी दिनुभयो ।
प्रमुख अर्यालका अनुसार नियमिततर्फ तीन लाख ६३ हजार आठ जना, ग्रेड वृद्धितर्फ तीन हजार ४५ र आंशिकतर्फ तीन हजार १३२ जना परीक्षार्थी उत्तीर्ण भएका छन् ।
त्यस्तै, ४३ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ । नियमिततर्फ ३८ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ भने ग्रेड वृद्धितर्फ तीन र आंशिकतर्फ दुई जनाको परीक्षा रद्द भएको जानकारी उहाँले दिनुभयो ।
परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी थिए । देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।
यसरी हेर्न सकिन्छ परीक्षाको नतिजा
कक्षा १२ को नतिजा सजिलैसँग प्राप्त गर्नको लागि लेन्डलाइन र मोबाइल बाट १६०१ डायल गरी निर्देशन अनुसार सम्बोल नम्बर थिच्नुहोस् वा एसएमएस बाट NEB टाइप गरी १६०१ मा पठाउनुहोस् ।
https://neb.ntc.net.np/ बाट पनि नतिजा हेर्न सकिन्छ ।


खबर सबै
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख











प्रतिक्रिया