

कपिलवस्तु स्थित बिजयनगरको शंकरपुर तालको बाँध फुट्यो





लगातारको वर्षातका कारण कपिलवस्तु विजयनगरमा रहेको शंकरपुर तालको बाँध फुटेको छ । शंकरपुर ताललाई व्यवस्थित बनाउन विजयनगर गाउँपालिकाले विभिन्न प्रयासहरु गरेको थियो । लगातारको बर्षाका कारण अहिले भने सो ताल फुटेसंगै जोखिम समेत बढेको छ । ताल फुटिसकेकाले गाउँपालिकाका करिव १५ वटा गाउँका स्थानीय जोखिममा परेको गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले बताउनुभएको छ । गाउँपालिकाकै पर्यटकीय स्थलमा रुपमा परिचित राम्रो सम्भावना बोकेको सो ताल फुटेसंगै स्थानीय त्रसित भएका छन् ।
ताल फुटेसंगै अध्यक्ष गोपाल बहादुर थापा, उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, वडाध्यक्ष लगायत जनप्रतिनिधि र सुरक्षाकर्मीको टिम सोहि स्थानमा पुगेको छ । संयौ बिघा क्षेत्रफलका खेतीयोग्य जमिन, सिंचाईको कुलो, वस्ती कटान हुने जोखिम बढेकाले सर्तकता अपनाउनका लागि सुशुचित गर्ने र तत्काल उद्धारका लागि गाउँपालिका लागिपरेको अध्यक्ष थापाले बताउनुभयो ।


खबर सबै
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख











प्रतिक्रिया