

जलवायु संकटकाल घोषणाको गृहकार्यमा सरकार



सरकार जलवायु संकटकाल घोषणा गर्ने गृहकार्यमा लागेको छ। वन तथा वातावरणमन्त्री प्रदीपकुमार यादवले बढ्दो जलवायुजन्य विपदको सामनाका लागि संकटकाल घोषणाको गृहकार्य भइरहेको जानकारी दिएका हुन् । ‘जलवायु संकट बढ्दो छ। त्यसैले जलवायु संकटकाल घोषणा गर्ने ढिला गर्नुहुँदैन,’ मन्त्रालयद्वारा ललितपुरमा आयोजित एक कार्यक्रममा उनले भने।
संकटकाल लागु गरेको अवस्थामा कुनकुन मापदण्ड लागु हुने तथा यसले कुनकुन क्षेत्रलाई असर गर्छ भन्ने विषयमा मन्त्रालयले सरोकारवालासँग छलफल गरिरहेको पनि मन्त्री यादवले नागरिकलाई बताए। ‘म एक सातादेखि यो विषयमा छलफलमा छु। जलवायु परिवर्तनका कारण नेपालमा हिमनदी पग्लनेदेखि अन्य विपद्हरू बढ्दो क्रममा छन् । हामी तत्काल सचेत भएनौं भने यसले झन् गम्भीर प्रभाव पार्नेछ,’ उनले भने ।
यसप्रकारको घोषणा कहिले हुने भन्ने विषयमा तत्काल किटेर भन्न नसकिए पनि आवश्यक गृहकार्यपछि मिति तोकिने मन्त्री यादवको भनाइ थियो। मन्त्रालयका सम्बद्ध अधिकारीहरूले यसका लागि यथेष्ट कारण, घोषणाले पार्ने प्रभाव र दायित्वसहितका महत्त्वपूर्ण विषयमा छलफल आवश्यक रहेको नागरिकलाई बताएका छन्। यु
वा अभियन्ताहरूको सक्रियतामा स्थापित हरिन नेपाल नामक गैरसरकारी संस्थाका प्रतिनिधिहरूले एक साताअघि मन्त्री यादवलाई भेटेर बंगलादेशसहित विश्वका ३९ देशले जलवायु आपत्काल घोषण गरिसकेको सन्दर्भमा नेपालले पनि यसप्रकारको घोषण गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।
यो समाचारनागरिक दैनिकमा छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया