

कपिलवस्तुमा स्वर्गीय प्रदिप गिरि प्रति श्रद्धाञ्जलि अर्पण





कपिलवस्तु । कांग्रेस नेता स्वर्गीय प्रदीप गिरिको १३औँ दिनको तिथिमा कपिलवस्तुको तौलिहवामा श्रद्धाञ्जलि कार्यक्रम गरिएको छ । स्व। गिरिको स्मृतिमा कांग्रेस कपिलवस्तुले तौलिहवास्थित पार्टी कार्यालयमा श्रद्धाञ्जली कार्यक्रम गरेको हो ।
सो अवसरमा गिरीको जीवनीमाथी प्रकाश पारिएको थियो ।
स्वच्छ छबी र प्रखर र स्पष्ट बक्ताकारुमा रहेक गिरीले पार्टीलाई जीवन्त राख्ने काम गर्दै आएको बक्ताहरुले बताएका छन । सो अवसरमा पार्टीका पुर्व जिल्ला सभापति राजेश आचार्यले भौतिक शरीर हामीमाझ नरहे पनि गिरीको विचार, सिद्धान्त र आदर्शलाई कांग्रेसले सधैँ अनुशरण गरेर अगाडि बढनु पर्ने बताए ।
कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता, स्थानीय बुद्धिजीवी, समाजसेवीलगायतको सहभागिता रहेको थियो ।
पार्टीका जिल्ला सभापति अब्दुल कलामको अध्यक्षता र सचिव शक्ति सिंह ठकुरीको संचालनमा भएको कार्यक्रममा पार्टी उप सभापति हुमाकान्त खनाल, प्रदेश सदस्य प्रेमलता भट्ट, सचिव प्रेम बहादुर रायमाझी, पार्टीका पुर्व उपाध्यक्ष रामआषिष पाण्डेय, गिरीजेश कुमार पाण्डेय माहोम्मद वजी, प्रकाश घिमिरे लगायतले मन्तब्य दिएका थिए ।
लामो समयदेखि क्यान्सर रोगबाट पीडित गिरिको यही भदौ ४ गते ललितपुरको मेडिसिटी अस्पतालमा ७५ वर्षको उमेरमा निधन भएको थियो ।


खबर सबै
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख











प्रतिक्रिया