

वार्ताबाटै समाधान खोज्ने सहमतिपछि रोकियो कर्मचारी परिषदको आन्दोलन





काठमाडौँ । दुई सातादेखि आन्दोलित विद्यालय कर्मचारी परिषद्ले विद्यालय बन्दको कार्यक्रम स्थगित गरेको छ ।
आइतबारदेखि एक सातासम्म विद्यालय बन्दको घोषणा गरेको परिषद्ले सोमबार वार्ता र संवादबाटै माग पूरा गराउने भन्दै विद्यालय बन्दको कार्यक्रम फिर्ता लिएको जनाएको हो ।
परिषद्का अध्यक्ष गंगाराम तिवारी, महासचिव शान्तिनाथ योगी र आन्दोलन परिचालन समितिका संयोजक बब्बनकुमार मिश्रले विज्ञप्ति जारी गरेर विद्यालय बन्दको कार्यक्रम स्थगित गरिएको जनाएका छन् ।
विद्यालयका लेखापाल र कार्यालय सहयोगी सेवासुविधाका लागि विद्यालय बन्द गरेर आन्दोलित बनेपछि बालबालिका पठनपाठनबाट वञ्चित भएका थिए । त्यसको विरोध भएको थियो । विद्यालय कर्मचारी परिषद्ले घोषणा गरेको आन्दोलनका कारण आइतबार र सोमबार देशभरका सामुदायिक विद्यालय मिश्रित रुपमा खुल्ने र बन्द थिए ।
शिक्षक महासंघले नै परिषद्को आन्दोलनमा ऐक्यबद्धता जनाएका कारण अधिकांश ठाउँमा विद्यालय बन्द रहेका थिए । शिक्षा मन्त्रालयले बन्दको कार्यक्रम स्थगित गरेर वार्तामा आउन आह्वान गरेपछि घोषित बन्दको कार्यक्रम फिर्ता गरिएको हो । शिक्षा मन्त्रालयका उपसचिव बिदुर गिरीले विज्ञप्ति जारी गरेर बन्दको कार्यक्रम फिर्ता गरे मात्रै वार्ता गरिने अडान लिएका थिए ।
शिक्षा महासंघको पहलमा मन्त्रालयसँग वार्ताको प्रयास भइरहेको परिषद्ले जनाएको छ । गत साता भएको वार्ता बिना निष्कर्ष टुंगिएको थियो । सरकारले न्यूनतम पारिश्रमिक पाउनु पर्ने, कार्यरत लेखापाल र कर्मचारीलाई दरबन्दी कायम गरेर आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गरिनुपर्ने लगायतका माग परिषद्ले अघि सारेको छ ।


खबर सबै
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी











प्रतिक्रिया