

अनधिकृत संरचना हटाउने महानगरको अभियानमा मेरो समर्थन छ : उपमेयर डङ्गाेल



काठमाण्डौ
काठमाण्डौ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना हटाउने अभियानमा आफ्नो समर्थन रहेको बताउनु भएको छ। आज सामाजिक सञ्जामार्फत डङ्गोलले काठमाण्डाै महानगरको अभियानमा आफ्नो साथ, सहयोग र समर्थन रहेको बताउनु भएको हो ।
उहाँले काठमाण्डौ महानगरलाई स्वच्छ, सुन्दर, जीवन्त र व्यवस्थित सांस्कृतिक नगरका रूपमा थप विकास गर्ने आफ्नो एजेण्डाप्रति सजग र सचेत रहेको पनि स्मरण गराउनु भएको छ ।
उहाँले लेख्नुभएकाे छ ‘सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना (निर्माण कार्य तथा नक्सा स्वीकृति गर्दा भुँइतला वा बेसमेन्टलाई पार्किङ्गको प्रयोजन देखाएर पछि अन्य व्यापारिक प्रयोजनमा लगाएका संरचना) हटाउने कार्यलाई केही दिनदेखि काठमाण्डौ महानगरपालिकाले निरन्तरता दिँदै आएको विदितै छ ।’
‘अनधिकृत यस्ता संरचना हटाउने अभियान काठमाण्डौ महानगरपालिकाको हो । म काठमाण्डौ महानगरपालिकाको उपमेयरको हैसियतमा छु । त्यसैले काठमाण्डौ महानगरपालिकाको यो अभियानमा मेरो साथ, सहयोग र समर्थन रहेको स्मरण गराउन चाहन्छु ’उहाँले लेख्नुभएकाे छ ।


खबर सबै
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने






प्रतिक्रिया