

संघीयताको मुद्दा मिलेका कारण माओवादी केन्द्रसँग चुनावी तालमेल : बाबुराम भट्टराई





काठमाडौं
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पहिचान, अधिकारसहितको संघीयताको मुद्दा मिलेका कारण नेकपा (माओवादी केन्द्र)सँग चुनावी तालमेल गरेको बताएका छन् । नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका भट्टराईले शुक्रबार पार्टीको काठमाडौं जिल्ला प्रथम भेलालाई सम्बोधन गर्दै माओवादी केन्द्रसँग तालमेल गर्नुका कारण खुलाएका हुन् ।
उनले आफूहरु प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पहिचान र अधिकारसहितको संघीयताको पक्षमा रहेको र माओवादी केन्द्रपनि सोही पक्षमा रहेकाले आगामी संघ र प्रदेशको निर्वाचनमा चुनावी तालमेल गरिएको बताए । उनले अहिलेको संघीयता अपूर्ण छ भन्ने कुरामा माओवादी केन्द्रले उतिबेलै नोट अफ डिसेन्ट लेखेको पनि उल्लेख गरे ।
अध्यक्ष भट्टराईले माओवादी केन्द्रसँग सुशासनको सम्बन्धमा भने अन्तर्विरोध रहेको स्पष्ट पारे । उनले आफूहरु राम्रो काम गर्ने र गलत तत्वहरुलाई साथ दिनु नहुने पक्षमा रहेको भन्दै यस सम्बन्धमा माओवादी केन्द्रसँग कुरा नमिलेको बताएका हुन् ।
उनले भनेका छन्, ‘संविधानका अपूर्णताहरु छन् । खासगरी संघीयता अपूर्ण छ । राष्ट्रपतीय प्रणालीलगायतका शासकीय सुधारका कुरा अपूरो छ । सुशासन ल्याउने कुरा, समृद्धि ल्याउने कुरा यी सबै कुरामा एजेन्डा कोसँग मिल्छ भन्ने ढंगले हामीले सबैसँग कुराकानी ग¥यौँ । अन्तिममा आउँदा हामीले के देख्यौँ भने हामीसँग अलि बढी नजिक एजेण्डा मिल्ने भनेको त माओवादीसँगै हो । त्यही पुरानै छोडेको माओवादीसँग के मिल्छ र भन्ने पनि पर्नसक्छ । तर अरुको सापेक्षतामा संघीयता अपूर्ण छ, यसलाई पूर्णता गर्नुपर्छ भन्ने त माओवादी पार्टी हामी छँदै त्यतिबेलै नोट अफ डिसेन्ट लेखेर राखेको हो ।’
उनले फेरि भने, ‘त्यसैले पहिचान र अधिकारसहितको संघीयता हुनुपर्छ भन्ने कुरामा त तत्कालीन माओवादीले पनि नोट अफ डिसेन्ट लेखेको र अहिले पनि त्यो मुद्दा हामीसँग मिल्छ । दोस्रो, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको जुन कुरा हामीले गरिराखेका छौँ । त्यतिबेलाको माओवादीले पनि नोट अफ डिसेन्ट लेखेकै हो । अहिले पनि त्यो मुद्दा उनीहरुसँग मिल्छ । भलै, सुशासन आदिको मुद्दाहरुमा हामी र उहाँहरु फरक छ ।’
उनले थपे, ‘हामी चाहीँ सुशासन राम्रोसँग काम गरेर जानुपर्छ । र गलत ढंगले त्यस्ता तत्वहरुलाई साथ दिनु हुँदैन भन्ने कुरा हामी राख्छौँ । त्यहाँ हाम्रो थोरै अन्तर्बिरोध पनि छन् । अन्तर भएको हुनाले हामी अलग पार्टी हौँ । तर फेरि मुलभुत मुद्दा चाहीँ फेरि त्यहाँनिर मिल्छ । काँग्रेस सँग र एमालेसँग मिल्दैन । प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको मुद्दा र पहिचान र अधिकार सहितको राज्यको संघीय पुनःसंरचनाको मुद्दा बढी माओवादीसँग मिल्छ । यो समानताले गर्दा पनि हामीले चुनावी तालमेल गर्दा विचारलाई पनि ध्यान दिनुपर्छ ।’
त्यस्तै उनले आफूहरु माओवादी केन्द्रमा प्रवेश गरेको नभई आगामी निर्वाचनका लागि तालमेल तथा कार्यगत एकता मात्रै गरेको स्पष्ट पारे । एकताको सम्बन्धमा चुनावपछि मात्रै छलफल हुने भन्दै अध्यक्ष भट्टराईले माधव नेपालसहितको वृहत समाजवादी केन्द्र निर्माणमा सहमती जुटेमा एकता हुनसक्ने बताए ।


खबर सबै
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी











प्रतिक्रिया