कपिलवस्तुमा पनि मिटरब्याज पीडितले दिए उजुरी

कपिलवसतु । कपिलवस्तु जिल्लाबाट पनि मिटरव्याज पिडितहरुले उजुरी दर्ता गराएका छन् । सरकारले तोकेको मितिभित्र कपिलवस्तुमा मिटरब्याजबाट पीडित भएका ८ जनाले उजुरी दिएका हुन ।
सरकारले गएको साउन २७ गते मिटरब्याज अपराध नियन्त्रणका लागि कार्यदल गठन गरेसँगै पीडितहरू बाहिर आएका हुन् ।

जिल्ला प्रशासन कार्यालयमा उनीहरूले उजुरी दिएका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बताउनुभएको छ । उनका अनुसार कपिलवस्तु नगरपालिकाबाट ३ जना, महाराजगंज नगरपालिकाबाट २ जना र शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका र यशोधारा गाउँपालिकाबाट १/१ जना मिटरब्याज पीडितले उजुरी दिएका छन् ।

डा।भीष्मकुमार भुसाल नेतृत्वको कार्यदल गठनपछि साउन २८ गते नै गृह मन्त्रालयले सूचना निकालेर भदौ ५ गतेभित्र मिटरब्याज पीडितहरूलाई उजुरी दिन आग्रह गरेअनुसार मिटरब्याजबाट पीडितले जिल्ला जिल्लामा उजुरी दिएका हुन् ।

कार्यदलले कार्यविधि बनाएर परिपत्र गरेपछि मिटरब्याज पीडितका उजुरी उपर छानबिन हुने प्रमुख जिल्ला अधिकारी मिश्रले बताए ।

प्रतिक्रिया

खबर सबै