बाणगंगाबाट ठूलो मात्रामा अबैध सालको काठ बरामद, एक जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ बाट प्रहरीले अबैध सालको गोलिया सहित चिरान काठ बारमद गरेको छ । बाणगंगा सात स्थित माेतिपुर डाँडामा बिहान पुगेको प्रहरी र डिभिजन वन कर्यालयको टोलीले स्थानीय सन्जु कुवर क्षेत्रीको घरबाट ६० क्युफिट काठ शुक्रबार आज बिहान बरामद गरेको थियो भने अभियुक्त भनिएका कुवँरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय कपिलवस्तुका अधिकृत मदन मोहन स्यान्डिल्यले बताउनुभयो ।

यस्तै आज नै गरिएको थप अनुसन्धानका क्रममा माेतिपुर डाँडा बाटै थप ठूलो मात्रामा अरु काठ पनि बरामद भएको उहाँले जानकारी दिनुभयो । अहिले रात परेका कारण काठको नाप जाँच अहिले नगरिएको र अभियुक्त फरार रहेकाले खोजी कार्य जारी रहेको पनि स्यान्डिल्यले बताउनुभयो ।

गोप्य सूचनाका आधारमा पुगेको प्रहरी र वन कार्यालयको टोलीले बाणगंगा नगरपालिका वडा नम्बर ७ स्थिति माेतिपुर डाँडाँ बाट अबैध सालको काठका गोलिया र चिरान गरि राखिएका अबैध काठ बरामद गरेको हो । बरामद गरिएका सबै काठ जिल्ला वन कार्यालय तौलिहवाले नियन्त्रणमा लिएको छ ।

आज बिहान सुरुमा बरामद गरिएको काठ करिब १ लाख ५० हजार मुल्य बराबरको रहेको प्रहरीले जनाएको छ भने पछि थप बरामद गरिएको काटको अनुमानित मुल्य काठको नाप लिएपछि मात्रै भन्न सकिने बताइएको छ । सो क्षेत्रमा अझै अरु पनि काठ अबैध रुपमा रोखेको भन्ने सूचना आएको पनि वन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

खबर सबै