
प्रदेश ५ मा एकैदिन ६ सवारी दुर्घटना : २ को मृत्यु, ७ जना घाईते

असोज ६ बुटवल ।
प्रदेश ५ मा एकैदिन ६ सवारी दुर्घटनामा परेका छन् । दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । ५ नं। प्रदेश कार्यालय दाङले दिएको जानकारी अनुसार मृत्युहुनेमा बाँकेको कोहलपुर नगरपालिका ९ का ७० वर्षीय सुरतिया थारु रहेका छन् । नेपालगंजबाट कोहलपुरतर्फ जाँदै गरेको भे १ क १६५३ नम्बरको ट्रकले कोहलपुर नगरपालिका– ८ पिपिरीमा ठक्कर दिँदा पैदल यात्री थारुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कोहलपुरबाट अनुसन्धान भईरहेको छ ।
यस्तै सवारी दुर्घटना परी बर्दियाको बढैयाताल गाउँपालिका– ७ राजापुरकी ५२ वर्षीय सरस्वती श्रेष्ठको ज्यान गएको छ । उनका श्रीमान मोहन श्रेष्ठले चलाएको भे ३ प ५८१ नम्बरको स्कुटी छाडा चौपायहरु सँग ठोक्किँदा घाईते भएकी उनको उपचारको क्रममा मृत्यु भएको हो । स्कुटी नियन्त्रणमा लिईएको इलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाबाट थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ७ घाईते
बाँकेको कोहलपुर नगरपालिका १० मा मोटरसाईकलले साईकल यात्रीलाई ठक्कर दिँदा ३२ वर्षीय कलमी थारु घाईते भएकी छिन् । कोहलपुर–नेपालगंज सडकखण्डको वडा नं। १ मा बा ८२ प ६४१३ नंम्बरको मोटरसाईकलले ठक्कर दिँदा घाईते उनको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचार भईरहेको र अवस्था सामान्य रहेको छ । मोटरसाइकल चालक कालिकोट शुभकालिका गाउँपालिका ३ का २१ वर्षीय पुष्पराज शाही लाई नियन्त्रण लिएको र इलाका प्रहरी कार्यालय कोहलपुरबाट अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
रुपन्देहीको ओमसतिया गाउँपालिका ४ वसन्तपुरमा लु ५१ प ९३८६ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा साईकल यात्री ६० वर्षीय अमिन यादब र मोटरसाइकल चालक २२ वर्षीय सन्देश शर्माघाईते भएका छन् । उनीहरुको मेडिकल कलेज भैरहवामा उपचार पछि डिस्चार्ज भएका छन् । मोटरसाईकल र साईकल नियन्त्रण लिएको र इलाका प्रहरी कार्यालय बेलहीयामा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी रुपन्देहीको तिलोत्तमा नगरपालिकामा लु ३२ प ५०१४ नंम्बरको मोटरसाइकल अनियन्त्रीत भई बिजुलीको पोलमा ठोकिन जादाँ मोटरसाईकल चालक ३४ वर्षीय श्याम बहादुर पुन घाईते भएका छन् । घाईते पुनको क्रिमसन अस्पताल मणिग्राममा उपचार भईरहेको र मोटरसाइकल नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय मंगलापुरबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै नवलपरासी रामग्राम नगरपालिका १५ सुक्रौलीमा लु १८ प १०७३ नंम्बरको मोटरसाइकलले साईकललाई ठक्कर दिँदा मोटरसाइकल र साईकल चालक दुवै घाईते भएका छन् । घाईतेहुनेहरुमा मोटरसाइकल चालक रुपन्देही ओमसतिया गाउँपमलिका २ पठखौलीका २८ वर्षीय दिलबहादुर पासी र साईकल यात्री नवलपरासी पाल्हिनन्दन गाउँपालिका ३ हरपुरका ४७ वर्षीय विरेन्द्रप्रसाद कहार रहेका छन् । घाईतेहरुको जिल्ला अस्पताल परासीमा उपचार भईपछि सामान्य भई डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।
सवारी दुर्घटनामा बर्दियाको बढैयाताल गाउँपालिका– ७ राजापुरका मोहन श्रेष्ठ घाईत भएका छन् । आफैले चलाएको भे ३ प ५८१ नम्बरको स्कुटी छाडा चौपायहरु सँग घाईत भएका उनको उपचारपछि डिस्चार्ज भएका छन् । स्कुटीमा सवार उनकी श्रीमतिको भने मृत्यु भईसकेको छ । news by globalaawaj


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया