

लायन्स क्लव अफ कपिलवस्तुद्धारा ११ जना विद्यार्थीहरुलाई छात्रवृत्ति तथा ३५ जना विद्यार्थीहरुलाई निशुल्क कम्प्युटर तालिम





नवराज बेल्वासे
लायन्स क्लव अफ कपिलवस्तु २०२२/२३ ले युथ इम्पोलिमेन्ट प्रोग्राम अन्तगर्त नगर भित्रका ११ जना गरिब तथा जेहेन्दार विद्यार्र्थीका लागि छात्रवृत्ति वितरण गरेको छ भने ३५ जनालाई निशुल्क कम्प्युटर तालिम दिने भएको छ । वैरीया स्थित मायादेवी रिर्सोटमा आयोजित एक भव्य कार्यक्रमका विच बाल मा.वि बैरीयामा अध्ययन गर्ने विभिन्न विधामा उत्कृष्ट ११ जनालाई उक्त छात्रवृतिको रकम प्रदान गरिएको हो ।
लायन्स क्लव अफ कपिलवस्तु शिव तुल्सा स्मृथि लायन्स अध्यकोषले उक्त छात्रवृत्ति प्रदान गरेको हो । यस्तै क्लवले नगरको हरेक वडाबाट प्रतिनिधित्व हुने गरी ३५ जना विद्यार्थीहरुका लागि निशुल्क तालिमको व्यवस्था समेत गरेको छ । लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष रामशुवागे थारु र कम्प्युटर एसोसीयसन नेपालको समन्वयमा उक्त तालिम प्रदान गरीएको हो ।
कार्यक्रममा अध्यकोष दाता तथा लायन्स क्लव कपिलवस्तुका नि.वर्तमान अध्यक्ष धातानन्द भुसालले जिवनमा ३ चिज मध्ये जन्मस्थान, कर्मस्थान र वासस्थान महत्वपुर्ण हुने बताउदै आफ्ना ३ स्थान फरक फरक भएकाले उक्त अध्यकोष स्थापना गरेको बताउदै विद्यार्थीहरुमा शैक्षिक सफलता तथा उज्जवल भविस्यको कामना समेत गर्नु भएको थियो ।

कार्यक्रममा लायन्स इन्टरनेस्नल डिस्ट्रिक ३२५ पि नेपालका डिस्ट्रिक गर्भनर नवराज न्यौपानेको प्रमुख आथितियता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै न्यौपानेले लायन्सले समाजका समस्याहरुका लागि अग्रपंक्तिमा बसेर काम गर्दै समस्या समाधान गर्नु पर्ने बताउदै काम आपत्तकालिन भन्दा पनि दिर्घाकालिन महत्वका परियोजनामा काम गर्नुपर्ने बताउनु भएको छ ।
कार्यक्रमलाई लायन्स इन्टरनेस्नल डिस्ट्रिक ३२५ पि नेपालका प्रथम भाइस डस्ट्रिक गर्भनर अर्जुनमान सैज लगायतले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा डिस्टीक सेकेण्ड गभर्नर पुरुषोत्म भक्त प्रधान, एरिया चिफ माधव खनाल, जोन चियर पर्सन सुरेन्द्र घिमिरे, लायन्स कपिलवस्तु दिदिबहिनीको अध्यक्ष सतिा न्यौपाने, लियो क्लव अफ कपिलवस्तु, विभिन्न विद्यालयका प्रतिनिधि, उद्योग वाणिज्य संघ कपिलवस्तुको उपस्थित रहेको कार्यक्रममा लायन्स क्लव अफ कपिलवस्तु वर्ष २२/२३ का अध्यक्ष राम शुवागे थारुको अध्यक्षता, फर्स्ट भि.पि ओम प्रकास घिमिरेको स्वागत मन्तव्य रहेको कार्यक्रम सचिव शान्तराज गैरेको सञ्चालनमा सम्पन्न भएको थियो ।


खबर सबै
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी











प्रतिक्रिया