

नागरिकता विधेयक फिर्ताको पत्र आज संसदमा पेश हुँदै



काठमाडौँ
राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयके मंगलबार संसदमा पेश हुँदैछ ।
आइतबार राष्ट्रपति भण्डारीले पुनर्विचार गर्न नौ पृष्ठ लामो सन्देशसहित नागरिकता विधेयक प्रतिनिधि सभामै फिर्ता पठाएकी थिइन् थिए । राष्ट्रपति भण्डारीले फिर्ता पठाएको विधेयकसहितको सन्देशबारे संसद सचिवालयका सचिव गोपालनाथ योगीले विधेयक फिर्ता आएको जानकारी दिने भएका छन् ।
संघीय संसद् सचिवालयले सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचिको पहिलो नम्बरमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रबारे जानकारी दिने उल्लेख छ ।
‘प्रतिनिधि सभाको मंगलबारको सम्भावित कार्यसूचीमा ‘प्रतिनिधि सभाको सचिवले राष्ट्रपतिबाट पुनर्विचारका लागि नागरिकता विधेयक सन्देशसहित फिर्ता भएको सम्बन्धी राष्ट्रपति कार्यालयको पत्रबारे जानकारी गराउनु हुने’ उल्लेख गरिएको छ ।
साउन १५ मा संघीय संसदका दुवै सदनबाट पारित विधेयकलाई राष्ट्रपति भण्डारीले पुनर्विचारका लागि आइतबार साँझ प्रतिनिधि सभामै फिर्ता पठाएकी थिइन् ।
विधेयकमा आवश्यक सुधारका ठाउँहरू समेत औंल्याएर सोहीअनुरूप सार्वभौम संसदमा छलफल एवम् कानुनी सुधार गरी विधेयक पुनः प्रमाणीकरणका लागि पेस गर्न पनि राष्ट्रपतिले आफ्नो सन्देशमा प्रतिनिधिसभालाई आग्रह गरेका छन् ।


खबर सबै
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने






प्रतिक्रिया