बाबुरामसँगको ३० वर्ष लामो राजनैतिक यात्राबाट अलग्गीए नेता खनाल

कपिलवस्तु । नेकपा मसाल हुँदै विभिन्न राजनैतिक यत्रामा सहयात्रमा रहेका नेता नारायण खनालले डा. बाबुराम भट्टराइसँगको राजनितिक यात्रा विच्छेद गरेको घोषणा गरेका छन् ।

पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी परित्या गरी नेपाल समाजवादी पार्टी निर्माण गरी सोही पार्टीको संयोजक बनेका डा. बाबुराम भट्टराइसँग लामो राजनितिक समर्थन र सहयात्रामा रहेका कपिलवस्तुका नेता नारायण खनालले भट्टराईसँगको राजनितिक यात्र सकिएको जनाएका हुन । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।, ‘हालै गठन भएको नेपाल समाजवादी पार्टीको केन्द्रीय सदस्य मनोनयन गर्नु भएकोमा उहाँ प्रति धेरै धन्यवाद तथा आभार ब्याक्त गर्दछु । र उहाँको उज्ज्वल भविष्यको सधै कामना गर्दछु । म आजैका मिति देखि नेपाल समाजवादी पार्टीको केन्द्रीय सदस्य लगायत समितिको कुनै पनि पदमा समेत नरहने बिबेक सम्मत घोषणा गर्दछु ।’

नेकपा (मसाल) बाट राजनीतिक यात्रा सुरु गरेका खनालले नेकपा एकता केन्द्र (मसाल) कपिलवस्तुको सचिव, तत्कालिन जनमुक्ति सेना नेपालको चौथो डिभिजनको प्रशाशक, नेकपा ( माओवादी) अबध राज्य समितिको सदस्य, नयाँ शक्ति पार्टी नेपालको संस्थापक केन्द्रीय सदस्य, समाजवादी पार्टी नेपालको केन्द्रीय सदस्य तथा केन्द्रीय स्कूलिङ्ग बिभागको सदस्य, जसपा नेपालको केन्द्रीय सदस्य भएर काम गरिसकेका छन् । हाल उनलई डा. भट्टराईले नयाँ बनेको पार्टी नेपाल समाजवादी पार्टी नेपालको पनि केन्द्रिय सदस्यमा मनोनित गरेका थिए ।

नेकपा (माओवादी) हुँदै नेपाल समाजवादी पार्टीसम्मको राजनितिक यात्रमा साथ दिदै आएका खनालले हाल भने भट्टराईको साथ छाडेको घोषणा गरेका हुन । उनी जसपा विभाजन पछि डा. भट्टराईले आह्वान गरेका केन्द्रिय सदस्यहरुको बैठकमा समेत सहभागी बनेका थिए । तर निर्वाचनका बेल डा. भट्टराईले विचार र सिद्धान्त भन्दा फरक तवरबाट चुनावी तालमेलको संकेत गरेका कारण साथ छोडेको बुझिएको छ ।

यद्यपी खनालले यस विषयलाई प्रष्ट्याएका छैनन् । तर उनलाई डा. भट्टराईले फोन सम्बाद गरी खनाललाई आगामी निर्वाचन सकिने समय सम्म साथमा रहन आग्रह गरेका थिए भने यता नेपाल समाजवादी पार्टीका लुम्बिनी प्रदेश इन्चार्ज कमल खनालले प्रदेश अध्यक्षको प्रस्ताव गरेका थिए । तर नेता खनालले यी दुबै प्रस्तावलाई आफुले अस्विकार गरेको बताएका छन्

नेता खनाल तत्कालिन माओवादी भित्र देखिएको दुई धार संघर्षमा पनि भट्टराईको साथमा थिए । उनले माओवादीबाट विद्रोह गरी नयाँ शक्ति पार्टी गठन गर्दा समेत खनाल त्यो पार्टीको केन्द्रीय परिषद सदस्य भएर साथ दिएका थिए ।

भट्टराई नयाँ शक्तिबाट जसपा हुँदै नेसपासम्म आइपुग्दा निरन्तर साथ दिएका खनालले अब कुन लाइन समाउँछन भन्ने जनाएका छैेनन् । तर उनले भावि दिनमा नेपाली समाजका समस्या र अन्तरबिरोधहरु हल गरी नेपाली समाजको अग्रगामी निकाशमा खटिने पनि उद्घोष गरेका छन् ।

प्रतिक्रिया

खबर सबै