

प्रभु बैंकद्धारा भारी संख्यामा कर्मचारीको बढुवा



प्रभु बैंकले एकैपटक भारी संख्यामा कर्मचारीको बढुवा गरेको छ । प्रभु बैंक सेञ्चुरी बैंकसँग मर्जरमा जाने प्रक्रियामा छ । मर्जरकै प्रक्रियामा रहेको अवस्थामा प्रभु बैंकले एकैपटक भारी संख्यामा कर्मचारीको बढुवा गरेको हो ।
हाल बैंकमा ३ हजार बढी कर्मचारी कार्यरत छन् । तीमध्ये १ हजार कर्मचारीको एक तह बढुवा गरिएको छ । बैंकको एचआर विभागका अनुसार कर्मचारीहरुको कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा गर्ने निर्णय बैंकको बोर्ड बैठकले गरेको हो ।
बढुवामा परेका कर्मचारीहरु उच्च व्यवस्थापन र कार्यकारी तहका छन् । यसअघि सहायक महाप्रवन्धक रहेका दिनेश थकालीलाई एक तह बढुवा गरी नायब महाप्रबन्धक बनाइएको छ ।
चिफ म्यानेजर रहेका रेणु पाण्डेलाई सहायक महाप्रबन्धक र सिनियर म्यानेजर रहेकी रश्मि पन्तलाई चिफ म्यानेजरमा बढुवा गरिएको छ । एचआर विभागका अनुसार करिब एक दर्जन सिनियर म्यानेजर तहका कर्मचारीलाई चिफ म्यानेजरमा बढुवा गरिएको छ ।


खबर सबै
-
रसुवा बाढीका मृतकहरुकाे सम्झनामा बाणगंगामा श्रद्धाञ्जली तथा शोकसभा
-
रसुवा बाढीका मृतकहरूको सम्झनामा कृष्णानगरमा दीप प्रज्वलन
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाली कांग्रेसको एक करोड रुपैयाँ सहयोग प्रदान
-
एनपीएलको टिकेटिङ पार्टनरमा इसेवा
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
एनपीएलको टिकेटिङ पार्टनरमा इसेवा
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विपद्मा एकताबद्ध हुन राष्ट्रपतिको आह्वान, अन्तर्राष्ट्रिय समुदायसँग मागे जलवायु न्याय (पूर्णपाठ)
-
नेपालको बाढी : विश्व समुदायले अब जिम्मेवारी लिनुपर्छ






प्रतिक्रिया