

कपिलवस्तुमा सामाजिक सञ्जालमार्फत महिलालाई अपमान गर्ने एक जना युवक पक्राउ





कपिलवस्तु । नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत महिलालाई हैरानी तथा अपमान गर्ने एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालमा अश्लीलता प्रदर्शन गरी एक महिलालाई मानसिक तनाव तथा दुःख दिने कपिलवस्तु बुद्धभूमि नगरपालिका–३ टाँकुका २९ वर्षीय मोहन कुँवरलाई बिहीवार पक्राउ गरी हिजो सार्वजनिक गरेको हो ।
ब्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक पशुपतिकुमार रायले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर इलाका प्रहरी कार्यालय गोरुसिङ्गे कपिलवस्तुको सहयोगमा कुँवरलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
पक्राउ परेका कुँवरलाई काठमाण्डौ जिल्ला अदालतको आदेशअनुसार पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता रायले बताउनुभयो ।


खबर सबै
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी











प्रतिक्रिया