

राष्ट्रिय जनमोर्चाद्धारा बुद्धभुमिमा ज्ञापन पत्र पेश





रिसव आचार्य, जितपुर : सुकुम्बासी समस्या समाधान, किसानका समस्या र जनजिविकाका सवालमा स्थानिय तहले विशेष चासो दिनुपर्ने भन्दै राष्ट्रिय जनमोर्चा कपिलवस्तुले आज जिल्लाको बुद्धभुमी नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् ।
भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई जग्गा उपलब्ध गराउन नगरले विशेष चासोका साथ काम गर्नुपर्ने भन्दै ज्ञापन पत्र बुझाएका हुन् । राष्ट्रिय जनमोर्चा बुद्धभुमी नगरपालिकाका अध्यक्ष गणेश खनालको नेतृत्वमा गएको टोलीले ज्ञापन पत्र बुझाएको हो । जनमोर्चाले यस अगाडी जिल्लाको बाणगंगा नगरपालिका र शिवराज नगरपालिका बुझाएको थियो ।
ज्ञापन पत्रमा मह¬ि, भष्ट्राचार र कालोबजारीले देशको विकासमै ठूलो असर परेर जनजिविकाको सवाल जटिल बन्दै गएको बताउदै , किसानलाई खेती लगाउने समयमा मल बीउँ राज्यबाट उपलब्ध नहुँदा देशमा खाद्यान्न उत्पादनमा हस हुन गई खाद्य संकट पर्ने अवस्था बढ्दै गईरहेको र गतवर्षको बेमौषमी वर्षाका कारण धानबाली किसानले भित्राउन नपाउँदा राज्य, तथा स्थानीयतहले कुनै सहयोग गर्ने संकेत समेत देखाउन नसकेको समस्या विद्यमान रहेको प्रति ध्यानाकर्षण गर्दै राष्ट्रियता सम्बन्धी सवालमा नागरिकता जस्तो संवेदनशिल विषयमा हालै संसदबाट नागरिकता विधेक पारित गराई विदेशीहरुलाई नेपालको नागरिकता वितरण गर्ने खालको गैरजिम्मेवारी कार्यले देशको राष्ट्रियतामाथि ठूलो संकट पार्ने अवस्था सृजना भएको उल्लेख गरिएको थियो ।


खबर सबै
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी











प्रतिक्रिया