

कपिलवस्तुमा अनेरास्ववियु (क्रान्तिकारी) जिल्ला सचिव भुसालले दिए राजिनामा





कपिलवस्तु । अनेरास्ववियु क्रान्तिकारी कपिलवस्तुका सचिव पुस्कर भुसालले पद बाट राजिनामा दिनुभएको छ । संगठनका अध्यक्षले आफ्नो एकलौटी गरेको भन्दै उहाँले एक विज्ञप्ति सहित राजिनामा दिनुभएको हो ।
नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) भित्र संगठनका विभिन्न क्रियाकलापमा निर्णय गर्दा संगठनका जिल्ला अध्यक्षले एकलौटी निर्णय गरेको र अरुको अस्थित्व नै नभएको जस्तै गरी विज्ञप्ती जारी गरेको भन्दै उहाँले पद बाट राजिनामा दिनुभएको जारी विज्ञप्तिमा उल्लेख छ ।
भुसालद्धारा हस्ताक्षरीत विज्ञप्तीमा भनिएको छ ,”२०७८ सालको जिल्ला सम्मेलन बाट मलाई संगठन मुल पार्टीले जिल्ला सचिवको रुपमा योग्य ठानेर जिम्मेवारी दिएकोमा धन्यवाद दिन चाहान्छु । पब्लिक क्याम्पस सँघ जिल्ला शाखा कपिलवस्तुले हालै गरेको शुल्क वृद्धि विरुद्धमा हाम्रो संगठनको अग्र पंतिबाट विरोध गरेको थियो । उहाँको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै साउन १९ गते पब्लिक क्याम्पस सँघ कपिलवस्तु र जिल्लाका क्रियाशिल विद्यार्थी संगठनहरुको बैठकबाट मासिक शुल्क लाई १५ सय बाट १२ सय कायम गर्दा संगठनबाट जिल्ला अध्यक्षको अनुपपििस्थ्त र अन्य पदाधिकारीको राजिनामा रहेको अवस्थामा संगठनको जिल्ला सचिवको हैसियतले बैठकमा उपस्थिती जनाई निर्णय प्रक्रियामा आफ्नो विचार व्याक्त गरी निर्णयमा हस्ताक्षर गरेपछी संगठनका अध्यक्षले संगठनका अन्य पदाधिकारीले गरेको निर्णय मान्य नहुने विज्ञप्ती जारी गरेपछी मेरो र मेरो निर्णयको कुनै अस्थित्व नरहेको महशुस गरेको छु ।” भुषालले लेख्नुभएको छ ।
संगठनका अध्यक्षले आफुले एकलौटी निर्णय लिने परम्परा बसेको भन्दै यसले संगठन मजबुत नहुने पनि उहाँले उल्लेख गर्नुभएको छ ।


खबर सबै
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी












प्रतिक्रिया