विद्यार्थीको नेतृत्व विकासका लागि अन्नपूर्णमा एस्.क्यु.सि. अभिमुखिकरण कार्यक्रम
पवनराज पाण्डे
साउन १८, २०७९
227 Shares
कपिलवस्तु, श्रावण १८
राधा पाण्डे,
अन्नपूर्ण विद्या मन्दिर माध्यमिक विद्यालय कोपवामा एस् क्यु सि (विद्यार्थी गुणीय चक्रको) अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । बिद्यार्थीहरुमा गुणस्तरीय व्यक्तित्व विकास, नेतृत्व विकास लगायतका कुराहरु विकास गर्ने उद्देश्यले यो कार्यक्रम संचालन गरिएको हो ।
अभिमुखी कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मदन मल्लले विद्यार्थीले वैज्ञानिक विधिको प्रयोग गरी आफ्ना समस्या आफै समाधान गर्न सक्ने भएकोले विद्यार्थीको जीवनमा यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । विद्यालयले आगामी हब कन्भेन्सन्का लागि ५ सर्कलमा ५० विद्यार्थी सहभागी गराउने छ भने सेन्ट जेभियर्स विद्यालयमा हुने २३ औं अन्तर्राष्ट्रिय कन्भेन्सन् कार्यक्रममा विद्यालयले सहभागिता जनाउने समेत उहाँले जानकारी दिनुभयो ।
यस्तै विद्यालयका सह प्रधानाध्यापक हरि नारायण चौधरीले यस कार्यक्रमले विद्यार्थीमा परिवर्तन ल्याउने कुरामा आफू विश्वस्त रहेको बताउनुभयो । उहाँले विद्यार्थीहरुलाइ अभिमुखिकरण कार्यक्रममा सिकेका कुराहरुलाइ व्यावहारमा उतार्न समेत आग्रह गर्नुभयो ।
यस्तैगरि कार्यक्रममा विद्यालय कोर्डिनेटर प्रकाश भुसालले यस्ता कार्यक्रमले विद्यार्थीको जीवनमा सकारात्मक परिवर्तन ल्याउने कुरा बताउनुभयो । कार्यक्रममा एस् क्यु सि मास्टर ट्रेनर एवम् लुम्बिनी हब कोर्डिनेटर मिलन भन्डारीको सहजीकरण रहेको थियो । कार्यक्रममा विद्यार्थीका लागी शिक्षक सहजकर्ता गायत्री शर्मा र प्रकाश न्यौपानेले आ आफ्ना धारणा रख्नुभएको थियो । विद्यालयका प्रधानाध्यापक मदन मल्लको अध्यक्षता रहेको कार्यक्रम लेखापाल प्रमुख कपिल घिमिरेको संचालनमा सप्पन्न भएको थियो । अभिमुखी कार्यक्रममा विद्यालयका कक्षा ६ देखि १० सम्मका सम्पूर्ण विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया