

सरकारलाई विप्लव नेकपाको चेतावनी, ‘हातमा दही जमाएर बस्नेवाला छैनौँ’



काठमाण्डाै
ललितपुर जिल्ला अदालतले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दसहितका नेता, कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरेकोमा नेकपाले कडा आपत्ति जनाएको छ ।
प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले विज्ञप्ति निकालेर सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन हुनुको साटो पक्राउ पुर्जी जारी भएको भन्दै आपत्ति जनाउनुभएको हो । उहाँले सहमति कार्यान्यवयन नभए गम्भीर अवस्था निम्तिन सक्ने चेतावनी दिनुभएकाे हाे । सहमति कार्यान्वयन नभएमा चुप लागेर नबस्ने भन्दै नेकपाले विज्ञप्तिमा उल्लेख गरेको छ, ‘हाम्रो पार्टी, नेतृत्व, कार्यकर्ता र तीन बुँदे सहमतिका विरुद्ध सरकार र राज्यले आज घटाएको घटनालाई तुरुन्त रोकेन र तीन बुँदे सहमति तदारुकताका साथ कार्यान्वयन गरिएन भने हाम्रो पार्टी हातमा दही जमाएर नबस्ने चेतावनी शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार र राज्यका अधिकारीहरूलाई दिन चाहन्छौँ ।’
सहमतिअनुसार पार्टीका कार्यकर्तालाई अहिलेसम्म रिहा नगरिएको, सरकार र राज्यका निकायहरू झुटा मुद्दा खारेज गर्न र राजबन्दी रिहा गर्ने सहमतिको तेस्रो बुँदा लागू गर्न प्रतिबद्ध नभएको पनि नेकपाले बताएको छ ।
ललितपुर जिल्ला अदालतले हातहतियार तथा खरखजाना‚ विस्फोटक पदार्थ विस्फोटन गराइ कर्तव्य ज्यान र राज्यविरुद्धको अपराध‚ आपराधिक लाभ र सङ्गठित अपराधको कसुरमा नेत्रविक्रम चन्दसहितका नेताविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।



खबर सबै
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु






प्रतिक्रिया