एसईईकाे नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाण्डाै

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईईको)  नतिजा सार्वजनिक गरेको छ ।  बाेर्डले केहीबेर अगाडि नतिजा सार्वजनिक गरेको हो ।

यो पटक ५ लाख १४ हजार ७ सय ६० जना विद्यार्थीले यो वर्ष देशभरका २७ सय परीक्षा केन्द्रबाट परीक्षा दिएका थिए । त्यसमध्ये जापानको १ परीक्षा केन्द्रबाट २० जना विद्यार्थीले एसईई दिएका छन् । वैशाख ९ गतेदेखि सुरु भएको परीक्षामा ११ हजार ६ सय १५ विद्यालयका विद्यार्थीले परीक्षा दिएका थिए ।

यसरी हेर्न सकिन्छ नतिजा :

एसईईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस ३५००१, ३४९४९, ३१००३ र १६०० र आईभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरिएको छ ।

यस्तै यी वेबसाइटबाट पनि नतिजा हेर्न सकिन्छ :

www.see.gov.np 

www.neb.gov.np

www.khalti.com

www.neemaacademy.com 

www.ekantipur.com 

www.theconnectplus.com 

www.see.edusanjal.com

 www.see.ntc.net.np 

www.admissionnepal.com

प्रतिक्रिया

खबर सबै