

कपिलवस्तुको भलवाड स्थित धान खेतमा जंगली जनावर (निल गाइ) को आतंक





भलवाड । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाडको उत्तरी भेगका किसानहरुले यतिबेला जंगली जनावरका कारण वर्षे बाली जोगाउन चुनौती खेपिरहेका छन् ।
वडा नम्बर ९ को भर्तापुर गाउँका किसानहरुले यतिबेला खेतमा रोपेको धान बालीमा जंगली जनावर जंगली गाई अर्थात निल गाईले बाली सखाप पारेको गुनासो गरेका हुन । स्थानीय कृषक विष्णी भुषालले २४ सै घण्टा निल गाईले धान बाली खाएर सत्यानास पारेको गुनासो गर्नुभयो ।
यहाँको अधिकाशं धानबालीमा यतिबेला जंगली जनावरले खाएर सक्ने किसानलाई पिरलो छ । वडा नम्बर ९ को उत्तर पुर्वी खेती योग्य जमिन स्थानीय सामुदायिक वन क्षेत्रसँग जोडिएका कारण जंगली जनावरले किसानको बाली नाली सखाप पारेको हो ।
वन क्षेत्रबाट एक हुल नै निल गाइ आउने गरेको किसानको गुनासो छ । स्थानीय कुमार घिमिरेले जनावरले धान बाली खाइदिदाँ यसपटक उत्पादन पनि घट्ने होकी भन्ने चिन्ता थपिएको बताउनुभयो ।
मलको अभावका बिच जसोतसो धान रोपेका किसान पानी नपरेर चिन्तामा थिए भने अहिले पानी परेपछि केही मौलाएको धानबालीमा जंगली जनावरले खाइदिएर सखाप पार्दा थप चिन्तामा परेका हुन । विशेष गरी निल गार्ईले भर्तापुर टोलको उत्तर पुर्वी क्षेत्रको धानबालीमा बढी क्षेती पु¥याएको छ ।


खबर सबै
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी











प्रतिक्रिया