

पालिका चुनावमा निर्वाचित जनप्रतिनिधिलाई जसपा कपिलवस्तुद्धारा सम्मान





कपिलवस्तु । जनता समाजवादी पार्टी नेपाल कपिलवस्तुले बैशाख ३० को स्थानीय तह निर्वाचनमा बिजयी भएका जनप्रतिनिधिहरुलाई आज स्वागत तथा सम्मान गरेको छ ।
जनता समाजवादी पार्टी नेपालको तर्फबाट निर्वाचनमा जिल्लाका विभिन्न पालिका तथा वडा तहमा निर्वाचित भएका जनप्रतिनिधिहरुलाई जसपा जिल्ला समन्वय समितिले एक कार्यक्रमको आयोजना गरी तौलिहवामा सम्मान गरेको जिल्ला अधयक्ष शैलेन्द्र यादवले जानकारी दिनुभयो ।
बैशाख ३० को स्थानीय तह सदस्य निर्वाचनमा जनता समाजवादी पार्टी नेपाल कपिलवस्तुले एक नगरपालिकामा मेयर र एक जना उपमेयर पदमा जित हात पारेको थियो भने कपिवस्तुका १५ वटा वडामा वडा अध्यक्ष निर्वाचित भएका थिए । यस्तै जिल्लाभर जसपाका तर्फबाट ६६ जना वडा सदस्य र कार्यपालिका सदस्य निर्वाचित भएका थिए । यसरी हेर्दा कपिलवस्तुमा जसपाका तर्फबाट कुल ८३ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । आज उनीहरुलाई सम्मान गरिएको हो ।
पार्टी कार्यालय तौलिहवामा आयोजित कार्यक्रममा जसपा लुम्बिनी प्रदेश उपाध्यक्ष अब्दुल रसिद खाँ, पुर्व गाउँपालिका अध्यक्ष बजरंगी प्रसादकुर्मी, नेता जेपी खनाल, कपिलवस्तु नगरपालिकाका मेयर सुदिप पौडेल लगाएतको कार्यक्रममा आतिथ्यता रहेको थियो ।


खबर सबै
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी











प्रतिक्रिया