वाणगंगामा मोटरसाईकल दुर्घटना : २ जना घाइते मध्ये एक गम्भिर

इसाझाकुरा संवाददाता

कपिलवस्तुको वाणगंगामा २ मोटरसाईकल एकआपसमा ठोकिदा २ जना घाइते भएका छन् । घाइते मध्ये १ जनाको अवस्था गम्भिर रहेको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

तौलिहवा देखि चारनम्बर तर्फ आउँदै गरेको लु २३ प ४३४९ नम्बरको मोटरसाइकल र लु ६४ प ९७९२ नम्बरको मोटरसाइकल वाणगंगा ४ स्थित गजेहडा पेट्रोलपम्म नजिकै ठोक्किएका हुन् ।

दुर्घटनामा परि वाणगंगा नगरपालिका ४ ठाकुरापुरका निर्मल मल्लको अवस्था गम्भिर रहेको छ भने कपिलवस्तु नगरपालिका ६ का विष्णु यादवको अवस्था सामान्य रहको छ ।

घाइते दुबैको कपिलवस्तु सामुदायिक अस्पताल र युनाइटेड अस्पतालमा उपचार भइरहेको छ । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

खबर सबै