

प्रधानमन्त्री सहभागी कार्यक्रममा नागरिकता विधेयक र एमसीसीको विरोध गर्दै नाराबाजी



काठमाण्डाै
प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी एक कार्यक्रममा नागरिकता विधेयक र एमसीसीको विरोध गर्दै दुई जना युवाले नाराबाजी गरेका छन् ।
आज साेमवार भीमसेन थापा स्मृति प्रतिष्ठानको कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्दा दुई युवाले प्लेकार्डसहित नागरिकता विधेयक र एमसीसीको विरोध गर्दै नारा लगाएका हुन् । काठमाण्डौको प्रज्ञा प्रतिष्ठान कमलादीमा भएको कार्यक्रममा अन्य वक्ताहरूले बोलिसकेपछि बोल्नका लागि देउवालाई उद्घोषकले मञ्चमा बोलाएपछि जाने क्रममा दुई जना युवाले नाराबाजी गरेका हुन् । उनीहरूले राष्ट्रियताको रक्षा गरौँ, स्वाधीनताको रक्षा गरौँजस्ता नारा लगाएका थिए ।
नारा लगाउन थालेपछि नारा लगाउने युवालाई सुरक्षाकर्मीले कार्यक्रमस्थलबाट बाहिर निकालेका छन् । युवा बाहिर निस्केपछि प्रधानमन्त्री देउवाले कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।
विदेशबाट बिहे गरेर आउने महिलालाई तत्कालै नागरिकता दिने गरी बनेको नागरिकता विधेयक सङ्घीय संसदको दुवै सदनबाट पारित भइसकेको छ । एमसीसी पनि यस अगाडि नै व्याख्यात्मक घोषणासहित संसदबाट पारित भइसकेको छ ।


खबर सबै
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने






प्रतिक्रिया