

एउटा हातले सिन्दुर लगाउने र अर्को हातले नागरिकता दिने प्रावधान आयाे : देवकाेटा





काठमाण्डौ
राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले वैवाहिक अङ्गीकृतको सम्बन्धमा एउटा हातले सिन्दुर लगाउने र अर्को हातले नागरिकता दिने प्रावधान आएको टिप्पणी गर्नुभएकाे छ । आज सोमवार राष्ट्रिय सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफलका क्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।
राष्ट्रिय सभा सदस्यले वैवाहिक अङ्गीकृतकाे नागरिकताकाे सम्बन्धमा सात वर्षे प्रावधान हटाउन नहुने पनि बताउनुभयाे । उहाँले भन्नुभयो – ‘एउटा हातले सिन्दुर लगाउने र अर्को हातले नागरिकता दिने गरी विधेयक आएको छ । राज्य व्यवस्था समितिले २०७७ असार ७ मा दिएको सात वर्षको प्रावधान थियो त्यसलाई जस्ताको तस्तै राख्नुपर्थ्याे ।’
राष्ट्रिय सभा सदस्य देवकोटाले आमाको नामबाट वंशजको नागरिकता पाउने व्यवस्था सकारात्मक भएको बताउनुभयो । यद्यपि याे व्यवस्थाको दुरुपयोग हुनसक्ने उहाँले आशङ्का व्यक्त गर्नुभयो । लोभ, लालच देखाएर अथवा धम्क्याएर नक्कली आमा खडा गरिने हो कि भन्ने उहाँले चिन्ता व्यक्त गर्नुभयो । त्यस्तै आमाको नामबाट नागरिकता दिन आमाले स्वघोषणा गर्नुपर्ने कुराले महिलाको निष्ठा, आदर्श र पवित्रतामाथि नै अपमान भएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘आमाको नामबाट पनि वंशजको नागरिकता पाउने व्यवस्था गर्दा लोभ, लालच देखाएर वा धम्क्याएर नक्कली आमा खडा गरिन्छ कि भन्ने चिन्ता पनि हामीले जायर गर्नुपर्छ ।’ उहाँले नेपालमा गरिबी र रोजगारीको समस्या भएका कारण लोभ, लालचमा परेर नागरिकता वितरण हुनेतर्फ सचेत गराउनुभयो ।


खबर सबै
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी











प्रतिक्रिया