
साउन २५ मा सामसङको अनप्याक्ड इभेन्ट, के आउँदै छ नयाँ ?

काठमाडौं
हरेक वर्ष झै यो वर्ष पनि सामसङको अनप्याक्ड इभेन्ट अगस्ट महिनामा आयोजना हुने अनुमान छ । कम्पनीले आउँदो अगस्ट १० (साउन २५) मा गर्ने अनप्याक्ड इभेन्टमा नयाँ उत्पादनहरू सार्वजनिक एवं घाेषणा गर्दैछ ।
सामसङले आफ्नो फ्लिप र फोल्ड स्मार्टफोन सहित अन्य विभिन्न डिभाइस घोषणा गर्ने अपेक्षा गरिएको छ । यसअन्तर्गत ग्यालेक्सी जेड फोल्ड फोर, सामसङ ग्यालेक्सी जेड फ्लिप फोर र सामसङ ग्यालेक्सी वाच फाइभसहित ग्यालेक्सी बड्स वा ग्यालेक्सी बुक घोषणा हुनसक्ने चर्चा छ ।
सामसङ ग्यालेक्सी जेड फ्लोड फोर
ग्यालेक्सी जेड फोल्डमा स्न्यापड्रागन एट प्लस जेन वन प्रोसेसर रहने अनुमान छ । बाहिरिएको जानकारी अनुसार फोनको बाहिरी डिस्प्ले ७.६ इन्चको र भित्री डिस्प्ले ६.२ इन्चको हुनेछ ।
दुवै डिस्प्लेमा रिफ्रेश रेट १२० हर्ज नै हुनेछ । यसका साथै फोल्ड ३ को तुलनामा फोल्ड फोरमा क्यामेरा र ब्याट्रीमा पनि अपग्रेड देख्न सकिने छ ।
सामसङ ग्यालेक्सी जेड फ्लिप फोर
ग्यालेक्सी जेड फोल्ड फोरमा जस्तै जेड फ्लिप फोरमा पनि स्न्यापड्रागन इट प्लस जेन वन प्रोसेसर नै रहने बताइएको छ । हालसम्म बाहिरिएको जानकारी अनुसार जेड फ्लिप थ्रीको तुलनामा यो फोनमा धेरै क्षमताको ब्याट्री उपलब्ध हुनेछ ।
फ्लिप थ्री एकपटक फूल चार्ज गर्दा लगातार ५ घण्टा ४३ मिनेट टिक्ने क्षमताको ब्याट्री थियो । यो फोनको ब्याट्री भने त्यसभन्दा बढी टिक्ने अनुमान गरिएको छ ।
फ्लिपमा ३,३०० एमएएचको ब्याट्री प्रयोग गरिएको थियो भने यसमा ३,७०० एमएएच ब्याट्री रहने बताइएको छ । यसको मुख्य डिस्प्ले १२० हर्ज रिफ्रेश रेटसहित ६.७ इन्च आकारको हुने अनुमान छ भने बाहिरी डिस्प्ले २.१ इन्चको हुने अनुमान छ ।
सामसङ ग्यालेक्सी वाच फाइभ
गत वर्ष सार्वजनिक भएको ग्यालेक्सी वाच फोरले राम्रै बजार पाएको थियो । यस वर्ष पनि कम्पनीले ग्यालेक्सी वाच फाइभ सार्वजनिक गर्ने अनुमान गरेको छ ।
यो वाचको प्रो मोडेल अर्थात ग्यालेक्सी वाच फाइभ प्रो पनि सार्वजनिक हुने बताइएको छ । बाहिरिएको जानकारी अनुसार वाच फाइभको मूल्य ३०० डलर हाराहारीको हुनेछ भने वाच फाइभ प्रोको मूल्य ५५० डलर भन्दा माथि हुने अनुमान गरिएको छ ।
यसको विषयमा धेरै जानकारी बाहिरिसकेको छैन । यद्यपि वाचमा गुगल वेयर ओएसको पछिल्लो भर्सन उपलब्ध हुने र ब्याट्री क्षमतामा पनि अपग्रेड हुने अनुमान छ ।
उल्लेखित डिभाइस बाहेक कम्पनीले यो वर्षको अनप्याक्ड इभेन्टमा ग्यालेक्सी बड्स प्रो टु, ग्यालेक्सी ट्याब एस एट र सामसङ ग्यालेक्सी ट्याब एस एट अल्ट्रा पनि सार्वजनिक गर्ने अनुमान छ ।
टेकपानाबाट साभार


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया