

तटबन्धको पुनःनिर्माण सकियो, सिँगो वडा पनि जोखिमबाट जोगियो





बाबुराम रायमाझी, भलवाड । कपिलवस्तुको बाणगंगा नगरपालकिा वडा नम्बर ९ भलवाड स्थित कोइली नदीको तटबन्ध गत वर्ष र यस वर्षको बाढीले क्षेती पुगी गाउँ नै जोखिममा परेपछि पुनःनिर्माण गरिएको छ ।
सिँगो वडा नम्बर ९ लाई नै वर्षायामको बाढीले जोखिममा पार्ने उक्त तटबन्ध असार पहिलो साताको बाढीले क्षेतीग्रस्त बनाएको थियो । यस वर्षको मनसुनी प्रणाली अझै बाँकी रहेका बेला वडा कार्यालय सँगै भलवाड स्थित विभिन्न साुदायिक वन कार्यसमिति तथा सामाजिक अगुवाहरुको सक्रियतामा एक महिना भित्रै तटबन्धको पुर्ननिर्माण गरिएको हो । तटबन्धको पुनः निर्माण सँगै सिँगो वडा नम्बर ९ जोखिमबाट जोगिएको छ ।
साविक भलवाड गाबिस हाल वाणगंगा न.पा. ९ भर्लाबास स्थित खुतखुते सामुदायिक वन क्षेत्रमा रहेकोे तटबन्ध यही असार १३ र १४ गते परेको अविरल बर्षाले क्षति पुराएको थियो ।
सो नदि नियन्त्रण तथा तटबन्धको पुनः निर्माणका लागि वाणगंगा नगरपालिकाका मेयर चक्रपाणि अर्याल, वडाका अध्यक्ष कमल पौडेल, सिँचाइ डिभिजन कार्यालय कपिलवस्तुका प्रमुख पुर्सोतम उपाध्याय ,सुरक्षाकर्मी, पत्रकार, स्थानीय विभिन्न सामुदायिक वनका पदाधिकारीहरु लगाएतबाट क्षतिग्रस्त तटबन्धको स्थलगत अनुगमन सहित काम सम्पन्न भएको जनाइएको छ ।
सो तटबन्ध निर्माण तथा नदि नियन्त्रणका लागि समाजसेवी रोम बहादुर खत्रीको पहलमा सिँचाइ डिभिजन कार्यालय कपिलवस्तु मार्फत नदि नियन्त्रणका कार्यांलय मार्फत १२० थान तार जाली उपलब्ध भएपछि तटबन्धको पुनःनिर्माण गरिएको थियो ।
भर्लाबास पुर्ब कोइली तटबन्ध समितिका अध्यक्ष भिम बहादुर पुन, उपाध्यक्ष दिपक कुमार थापा, कोषाध्यक्ष कुन्तामणि भुसाल लगाएतको सक्रियत तथा वडा न ९ मा रहेका स्थानीय सामुदायिक बनको समेत सहयोगमा काम सम्पन्न भएको समितिका अध्यक्ष भिम बहादुर पुनले जानकारी दिएका छन् ।


खबर सबै
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी













प्रतिक्रिया