प्रतिनिधिसभाको बैठक बस्दै, यी हुन् सम्भावित चार कार्यसूची

काठमाडौं

आजपनि प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने छ ।

आजको बैठकमा विशेषगरी ४ विषयले छलफलमा स्थान पाउने संसद सचिवालयले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

नेपाल विशेष सेवा विधेयक, २०७६’ छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्ने, राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको कारागार विधेयक, २०७६ छलफलका लागि सदनमा प्रस्तुत गर्ने, नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ छलफलका लागि सदनमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

त्यस्तैगरी गृहमन्त्री बालकुष्ण खाणले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले निकालेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

खबर सबै