

विदेशबाट आउने मिस्डकलले नेपालीलाई तनाव



काठमाण्डौँ
कहिले ह्वाट्सएपमा लाखाँको चिट्ठा परेको म्यासेज त कहिले व्यक्तिगत नम्बरहरूबाट आउने ओटीपी। अनि कहिले म्यासेन्जरमा आउने ‘स्पाम लिङ्कु। नेपाली दूरसञ्चार प्रयोगकर्ता प्रायः केही न केही जोखिमको सामना गरिरहेका हुन्छन्।
यस्तैमा पछिल्लो समय प्रयोगकर्तालाई तनाव दिने अर्को प्रवृत्ति देखिन थालेको छ, मिस्ड कल । त्यो पनि नेपालभित्रबाट हैन जर्जियाबाट। पश्चिम एसिया र पूर्वी युरोपबीचमा पर्ने यस देशबाट पछिल्लो समय नेपालीलाई तारन्तार फोन आउने गरेको छ। अपरिचित नम्बरबाट आउने त्यस्ता कलले प्रयोगकर्तालाई अलमल बनाइदिएको छ। पछिल्लो समय धेरै मोबाइल प्रयोगकर्ताले यस्तो कलको सामना गर्नु परेको छ। जहाँ फोन त आउँछ, तर उठाउन नपाउँदै काटिन्छ। यस्ता कल प्रायः ं९५५ बाट सुरु भएका नम्बर छन् । यो जर्जियाको ‘कन्ट्री कोडु हो । नेपालका दूरसञ्चार प्रयोगकर्तालाई झुक्याएर उनीहरूलाई कल फिर्ता गर्न बाध्य पार्ने उद्देश्यले यस्ता कल गरिने नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक विजय रोयले जानकारी दिए। यस किसिमको काममा सम्बन्धित देशका सेवा प्रदायकभन्दा पनि तेस्रो पक्ष संलग्न हुने उनले बताए। नेपालबाट त्यस्ता देशमा कल गर्दा महँगो शुल्क लाग्ने भएकाले त्यसको फाइदा उठाउने उद्देश्य त्यस्ता व्यक्ति अथवा समूहको हुने उनले जानकारी दिए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया