कपिलवस्तुको बाणगंगामा भ्यानको ठक्करबाट ९ बर्षीया बालिकाको ज्यान गयो

कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा भ्यानको ठक्करबाट एक बालिकाको मृत्यु ज्यान गएको छ ।

बुधबार (आज) बिहान १० बजेको समयमा वाणगंगा नगरपालिका वडा नम्बर १० भावपुर स्थित मेचकुरी–पिपरा भित्रि सडकखण्डमा पिपराबाट मेचकुरी तर्फ जादै गरेको भ्यानले ठक्कर दिँदा सोही ठाउँ बस्ने यमलाल पौडेलको ९ बर्षीया छोरी एन्जला पौडेलको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

बाटो काट्ने क्रममा उक्त भ्यानले ठक्कर दिँदा गम्भीर घाईते भएकी बालिकाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

भ्यान र भ्यान चालकलाई ईलाका प्रहरी कार्यालय बुटवल प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले बताए।

प्रतिक्रिया

खबर सबै