

समयमै पानी नपरेपछि कपिलवस्तुका थारु किसानले गरे गोरुबेह्रे पूजा


कपिलवस्तु । कपिलवस्तु सहित पश्चिम तराइमा असार सकिएर साउन लाग्दा समेत वर्षा हुन नसकेपछि कपिलवस्तुका थारु समुदायका किसानहरुले आफ्नो धार्मिक परम्परा अनुसार मौलिक पुजा गरेका छन् । जसलाई थारु भाषामा गोरु बेह्रे भन्ने गरिएको छ । पानी पार्न कपिलवस्तुको बुद्धभुमि नगरपालिकका थारु समुदायका किसानहरुले गोरु बेह्रे पूजा गरेका हुन ।
उनीहरुले आइतबार बुद्धभुमिको भेलाईबाट आफ्नो परम्परा अनुसार थारु अगुवालाई बन्धक बनाएर गोरुसिँगे ल्याएका थिए । महिलाहरुले पुरुषको पोशाक लगाएर पुरुषकै भेषमा गाउँका मुखियालाई बन्धक बनाएर ल्याएको एक थारु अगुवाले बताए । यस्तै उनीहरुले सो यात्राका क्रममा बाटोमा भेटिने थारु अगुवाहरुलाई पानीले नुहाइदिने गरेको थारु समुदायका मानिसहरुको भनाइ छ । मुखियालाई बन्धक बनाउन जानुपुर्व थारु समुदाय कै कुनै एक महिलाले गोरु सहितको हलो जोत्ने चलन समेत छ ।
सोमबार भने बन्धक बनाइएका मुखियालाई फुकुवा गराउन भेलाईबाट थारु समुदायका महिलाहरु गोरुसिँगे आएका थिए । परम्परा अनुसार वर्षा नभएपछि समयमै वर्षा होस भन्ने कामना गर्न उनीहरुले थारु समुदायको वर्षे गीत गाउँदै आफ्नो संस्कार अनुसारका पोषक लगाएर विधिपुर्वक पाँच वटा गाग्रीमा राखिएको पानी एउटै मानिसले एउटै खुट्टाले जमिनमा नटेकी गाग्रीको पानी पोखिने चलन छ । त्यस पछि पानि पोखिएको गाग्रीलाई उल्टो बनाइन्छ । यस्तै जिउरे खाटलाई बन्धक बनाउने पक्ष र फुकुवा गर्ने पक्षले पालै सँग बिच्छाउने र उठाउने काम गर्दछन् । यस्तै पाँचवटा चुरोट एकैपटक सल्काउने समेत अनौठो चलन छ । यस्तै विभिन्न चरण पुरा गरी थारु समुदायले आफ्ना बन्धक बनेका मुखियालाई फिर्ता लैजाने र आफ्नो मौलिक थारु भाषाका गीत गाउँदै रमाउदै आफ्नो गाउँ फर्कने चलन छ ।
किसानहरुले समयमै वर्षा होस भनि यो सबै प्रक्रिया पुरा गर्ने गर्दछन् । कपिलवस्तुमा प्राय हरेक वर्ष जसो समय मै वर्षा नभए बुद्धभुमिका किसानहरुले यसरी नै पुजा गर्ने गरेका छन् ।


खबर सबै
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान






प्रतिक्रिया