बाणगंगाका ९ हजार बढी भुमिहिनलाई जग्गाको डिजिटल निस्सा बनाइदै

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका भित्रका भुमिहिन नागरिकहरुलाई डिजिटल निस्सा लिन भुमि ईकाइले आग्रह गरेको छ ।
एक सूचना जारी गर्दै बाणगंगाका वडा नम्बर २, ७ र ९ मा रहेका भुमिहिन दलित, भुमिहिन सुकुम्बासी, र अवयवस्थित बसोबासिहरुका लागि उनीहरुले भरेको निवेदनको दर्ता प्रक्रिया सकिएको भन्दै सो जग्गाको नाप नक्सा कार्यका लागि डिजिटल निस्सा आवश्यक पर्ने हुँदा लिन आग्रह गरिएको हो । डिजिटल निस्साका लागि निवेदकले आफ्नो नागरिकताको सक्कल कपि सहित सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न भनिएको छ ।
बाणगंगा नगरपालिकामा हाल पहिलो चरणको निवेदन दर्ताको काम सकिएको भुमि ईकाइका प्रमूख खिमबहादुर जि.सीले बताउनुभयो । बाणगंगा नगरपालिकामा त्यस्ता निवेदन दर्ता गर्नेको संख्या ९ हजार ७ सय भन्दा बढी रहेको पनि उहाँले जानकारी दिनुभयो । अब निवेदन दर्ता गराएकाहरुको जग्गाको एकिन गरी डिजिटल नक्सा तयार गरी उनीहरुलाई जग्गाको निस्सा वितरणको प्रत्रिया सुरु हुने पनि जि.सीले जानकारी दिनुभएको छ ।

डिजिटल निस्सा लिनका लागि एक हप्ता भित्र वडा कार्यालयबाट प्रक्रिया पुरा गर्न भनिएको छ ।

प्रतिक्रिया

खबर सबै