

कपिलवस्तुमा अखिल (क्रान्तिकारी)का पदाधिकारीले दिए राजिनामा





कपिलवस्तु । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) कपिलवस्तुका पदाधिकारीहरूले संयुक्त राजीनामा दिएका छन् । सोमबार अनेरास्वयु (क्रान्तिकारी) का जिल्ला उपाध्यक्षहरू विजय पौडेल (आभास) र मधुसूदन गन्धर्व, कोषाध्यक्ष कमल बन्जाडे, सहसचिवहरू गोरखनाथ यादव र सुमन घिमिरेले संयुक्त रूपमा राजीनामा दिएको जानकारी दिएका हुन् ।
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको भातृ सङ्गठन अखिल (क्रान्तिकारी) भए पनि माओवादी केन्द्र कपिलवस्तुले विद्यार्थी सङ्गठनलाई हरेक कुरामा बेवास्ता र छलकपट गर्दै सङ्गठनको अवहेलना गरिरहेको राजीनामा पत्रमा उल्लेख गरिएको छ ।
त्यस्तै विगत देखि नै पार्टी तथा नेतृत्वले सक्रियरुपमा सङ्गठित विद्यार्थी कार्यकर्ताको संरक्षण लगायतको सवालमा कुनै किसिमका चासो नदिएको आरोप लगाएका छन् । सङ्गठन नेतृत्वहरुले पटक पटक जिल्लाका प्रमुख पार्टी नेतृत्वहरुसँग गुनासो राख्ने सन्दर्भमा छलफल तथा बैठक बस्न खोजिरहँदा समेत पार्टी नेतृत्वले आलटाल गरिरहेका कारण आफुहरुले नेतृत्व तहबाट संयुक्त राजीनामा दिएको बताएका छन्।


खबर सबै
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी












प्रतिक्रिया