कपिलवस्तुका गणित विषय शिक्षकहरुको छुट्टै जिल्ला समिति गठन हुँदै

कपिलवस्तु । कपिलवस्तुका सामुदायिक विद्यालयमा कार्यरत गणित विषयका शिक्षकहरुले आफ्नो छुट्टै समिति गठनको तयारी गरेका छन् । जिल्लाका सबै सामुदायिक विद्यालयमा गणित विषय अध्ययापनरत शिक्षकहरुको एक भेलाबाट सो समिति गठनको प्रक्रियाका लागि निर्णय भएको हो ।

गणित विषयको शिक्षण गर्ने शिक्षकहरुलाई एक गर्ने र गणित विषयको शिक्षण प्रभावकारीता बढाउने उद्देश्य सहित सो समिति गठन गर्ने निर्णय भएको बाणगंगा ७ बनगाई स्थित जनचेतना आधारभूत विद्यालयका शिक्षक देबेन्द्र थापाले जानकारी दिनुभयो ।

गणित विषय शिक्षण गर्ने शिक्षकहरु एक भएर तालिम, कार्यशाला, लगाएतका विविध विषयमा काम गर्नका लागि एउटा कार्यसमिति गठनका लागि भेलाले आयोजक समिति समेत बनाएको छ । सो समितिले जिल्ला भरिका गणित विषय शिक्षकहरुलाई सहभागी गराई जिल्ला समिति गठनका लागि कृष्ण शंकर ठाकुरलाई अध्यक्षको जिल्मेवारी प्रदान गरेको छ । यस्तै समितिको उपाध्यक्षमा शसिला थापा मगर, सचिवमा देवेन्द्र थापा, सह सचिवमा एमहर्ष पन्थी र कोषध्यक्षमा अवधेस कुमार मौर्य रहनुभएको छ । अब यो समितिले जिल्ला भरिका गणित विषय शिक्षण गर्ने शिक्षकहरुलाई भेला गराई जिल्ला समिति गठन गर्ने छ । शिक्षकहरुको भेला बाणगंगा जितपुर स्थित कपिलवस्तु उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको थियो ।

विशेष गरी जिल्लाका आधारभूत तहमा अध्यापनरत शिक्षकहरु भेलामा सहभागि भएका थिए । उनीहरुले छुट्टै विषय शिक्षकहरुको समिति गठनको तयारी गरेका हुन ।

प्रतिक्रिया

खबर सबै