

कोईलीचौर सामुदायिक वनमा ३० हजार बिरुवा रोपिदै





राजेन्द्र खनाल, कपिलवस्तु । कपिलवस्तुको सबैभन्दा पुरानो सामुदायिक वनको रुपमा रहेको कोइलीचौर साना किसान सामुदायिक वन उपभोक्त समुहले बृहत वृक्षरोपण कार्यक्रमको तयारी गरेको छ ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड स्थित सो सामुदायिक वन उपभेक्ता समितिले डिभिजन वन कार्यालय कपिलवस्तुसँगको सहकार्यमा मंगलबार भोली वृक्षरोपण गर्ने तयारी गरेको समितिका अध्यक्ष हरिराज घिमिरेले जानकारी दिनुभयो ।
वन क्षेत्र भित्रको खाली क्षेत्रमा टिक, सफेदा लगाएतका विभिन्न प्रजातिका विरुवा रोप्ने गरी कार्यक्रमको अयोजन गर्न लागिएको समितिका कोषाध्यक्ष कुन्तामणी भुषालले बताउनुभयो । सो सामुदायिक वन क्षेत्र भित्र कपिलवस्तु मै सबैभन्दा ठूलो प्रजातीका सालका रुख समेत पाइन्छ ।
कपिलवस्तुमा सामुदायिक वन अन्र्तगत झण्डै ३० वर्ष पुरानो सामुदायिक वनको रुपमा रहेको कोइलीचौर साना किसान सामुदायिक वनले अहिले ३० हजार विभिन्न प्रजातिका विरुवा रोप्ने तयारी गरेको हो । भोली बिहान बृहत बृक्षरोपणको आयोजना गरिएको भन्दै समितिले सबै उपभोक्तालाई उपस्थितिका लागि पनि अनुरोध गरेको छ ।


खबर सबै
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी











प्रतिक्रिया