

एमाले कपिलवस्तुको पाँचौ पूर्ण बैठक : नेताहरु भन्छन् ‘एमाले पहिलो पाटी बन्यो’





कपिलवस्तु । नेकपा(एमाले) पोलिटब्यूरो सदस्य एवम्. राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले वैशाख ३० को स्थानिय तहको निर्वाचनमा जनमतका हिसावले एमाले पहिलो शक्तिको रुपमा स्थापित भएको बताउदै देशलाई सही ढंगले संचालनका लागि एमाले सरकार आवश्यक रहेको दाबी गर्नुभएको छ । उहाँले पार्टीलाई संचालनका लागि पार्टी अनुशासन जो कोहीले पनि पालना गर्नु पर्नेमा समेत जोड दिनु भयो । नेता घिमिरेले नेकपा (एमाले ) कपिलवस्तुको पाँचौ पूर्ण वैठकलाई सम्बोधन गर्दै यस्तो धारणा राख्नु भएको हो ।
यस्तै वैठकमा एमाले केन्द्रिय कमिटी सदस्य, एवम् कृषि, तथा पशु पंक्षि विभाग प्रमुख गिरधारीलाल न्यौपानेले वर्तमान गठबन्धन सरकार योजना विहिन ढंगले अगाडी बढदा राष्ट्रलाई ठूलो क्षती पुगेको आरोप लगाउनु भयो । वैठकमा एमाले केन्द्रिय कमिटी सदस्य सिराज अहमद फारुकीले बलियो एमाले बनाउनु समयको आवश्यकता रहेको चर्चा गर्नु भयो । त्यस्तै एमाले केन्द्रिय कमिटी सदस्य, एवम् कपिलवस्तु सहइन्चार्ज शुसिल कुमार श्रीवास्तवले कपिलवस्तुबासी एमाले प्रति निकै आशावादी रहेको भन्दै जनताको चाहना पुरा गर्ने दिशातर्फ सबै पार्टी कार्यकर्ता लाग्नु पर्नेमा जोड दिनु भयो । वैठकमा एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य झविलाल पोख्रेलले निर्वाचनका समयमा पार्टीलाई मतदान नगर्ने कोही पनि एमाले हुन नसक्ने बताउनु भएको छ ।
वैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनका सन्दर्भमा एमाले जिल्ला अध्यक्ष डम्मर शर्माद्धारा वैठकमा प्रस्तुत समिक्षात्मक प्रतिवेदन आज वैठकले अनुमोदन गरेको छ । सोही वैठकले स्थानिय तहको निर्वाचनका सन्दर्भमा आएका विभिन्न टिका टिप्पणी, उजुरी, आरोपहरु र पार्टी विरोधी गतिविधीका सन्दर्भमा भएका गतिविधीका बारेमा वास्तविकता बुझनका लागि एमाले केन्द्रिय कमिटी सदस्य एवम् कृषि तथा पशुपक्षि विभाग प्रमुख गिरधारीलाल न्यौपानेको संयोजत्वमा पाँच सदस्य छानविन समिति गठन गरेको छ ।
छानविन समितिको सदस्य एमाले केन्द्रिय कमिटी सदस्य एवम् कपिलवस्तु सहईन्चार्ज शुसिल कुमार श्रीवास्त, लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य झविलाल पोख्रेल, प्रदेश कमिटी सदस्य बाबुराम आचार्य र जिल्ल प्रचार तथा प्रकाशन विभाग प्रमुख लक्ष्मण बेल्बासे सदस्य रहेको छानविन समिति गठन गरेको एमाले कपिलवस्तुले जनाएको छ ।
वैठकले पार्टी सदस्यता नविकरण गर्ने, पार्टी सदस्यता डिजिटल अपडेट गर्दै नयाँ सदस्यता प्रदान गर्ने समेत निर्णय गरेको छ । सोही वैठकले पार्टीका मोर्चा संगठन, जिल्ला विभाग, जिल्ला सल्लाहकार परिषद बैठकहरु श्रावण तेस्रो साता भित्र सम्पन्न गर्ने निर्णय गरेको एमाले कपिलवस्तु जनाएको छ । यस्तै वैठकले निर्वाचित जनप्रतिनिधीहरुलाई अभिमुखीकरण तथा प्रशिक्षण श्रावणको तेस्रो हप्ता भित्र संचालन गर्ने भएको छ । सोही वैठकले जिल्ला समन्वय समिति एवम् पालिकामा निर्वाचित जनप्रतिनिधीलाई बधाई तथा शुभकामना ब्यक्त गर्नुका साथै निर्वाचनमा सहयोग पु¥याउनुहुने सबै प्रति धन्यवाद एवम् आभार पनि ब्यक्त गरेको छ ।
वैठकमा स्थानिय तह निर्वाचनको पालिकाको समिक्षात्मक प्रतिवेदन वाणगंगा नगर कमिटीका अध्यक्ष यूवराज पोख्रेल, बुद्धभूमि नगर कमिटीका अध्यक्ष देवि प्रसाद बेल्बासे, कपिलवस्तु नगर कमिटीका अध्यक्ष श्याम प्रजापति, विजयनगर गाउँपालिका अध्यक्ष थर्क बहादुर थमगाहा, महाराजगञ्ज नगर कमिटीका अध्यक्ष निजाम खान, यशोधरा गाउँपालिका अध्यक्ष, शुद्धोधन गाउँपालिकाका अध्यक्ष विनोद चौधरी, मायादेवी गाउँपालिकाका अध्यक्ष जगन्नाथ चौधरीले समिक्षात्मक प्रतिवेदन प्रस्तुत गर्नु भयो । त्यस्तै वैठकमा कृष्णनगर नगर कमिटीको प्रतिवेदन एमाले जिल्ला सचिव सिवि गहतराज र शिवराज नगरको प्रतिवेदन एमाले जिल्ला उपसचिव अर्जुन केसीले गर्नु भएको थियो ।


खबर सबै
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी











प्रतिक्रिया