

संसारकै अग्लो भवन बुर्ज खालिफामा नेपाली झण्डा फहराइयो



असोज ४, यूएई
संसारकै अग्लो भवन बुर्ज खालिफामा नेपाली झण्डा फहराइएको छ । नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा संयुक्त अरब इमिरेट्सको दुबईमा रहेको संसारकै सबैभन्दा अग्लो भवनमा दोस्रो पटक नेपाली झण्डा फहराइएको हो ।
नेपाली दूतावासको प्रयासपछि यूएई सरकार, बुर्ज खालिफा व्यवस्थापन तथा इमार होल्डिङ कम्पनीले दोस्रो पटक ३५ सेकेन्डका लागि नेपाली झन्डा फहराएको हो । यूएई सरकारले गएको वर्ष पनि बुर्ज खालिफामा नेपाली झण्डा फहराउन दिएको थियो ।
त्यस्तै आबुधाबीमा रहेको नेशनल आयल कम्पनीको केन्द्रीय कार्यालयको भवनमा पनि नेपाली झण्डा फहराइएको छ । यो भवन आबुधाबीको अग्लो भवनमध्ये दोस्रो अग्लो भवन हो । संसारकै अग्लो भवन बुर्ज खालिफा र आबुधाबी नेशनल आयल कम्पनीको केन्द्रीय कार्यालय भएको भवनमा संसारका अन्य देशको स्वतन्त्रता दिवस तथा अन्य विशेष अवसरमा ती देशका झण्डा फहराउने गरिन्छ ।


खबर सबै
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु






प्रतिक्रिया